साउदी अरबमा ६७४ जना नेपालीलाई कोरोना संक्रमण, एक जनाको मृत्यु



काठमाडौं । साउदी अरबमा रहेका ६ सय ७४ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ। साउदीस्थित नेपाली दूतावासले हाल सम्म ६७४ जनामा कोरोना संक्रमण भेटिएको जनाएको छ । जसमा ११ महिला छन् । कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

दूतावासका अनुसार साउदी अरबको पूर्वी क्षेत्र (जहाँ नेपाली श्रमिकहरूको ठूलो उपस्थति रहेको छ) मा ३३६ जना, पश्चिमक्षेत्र (मक्का, मदिना, जेद्दा र जजान आदि) मा १४८ जना, रियाद क्षेत्रमा १७५ जना, कसिम क्षेत्रमा ३ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ जना नेपालीहरु संक्रमित भएका छन् ।

दूतावासका अनुसार संक्रमित भएकामध्ये कैयौँ जना निको भई काममा फर्किसकेका छन् । तीनजना नेपालीको मृत्युको कारण प्रष्ट नभएकाले खुलाई पठाइदिन साउदी सरकारलाई अनुरोध गरिएको दूतावासले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नक्कली नोट र अफिम कारोबार गर्ने गिरोह पक्राउ

नेपालगञ्ज । भारतबाट चोरी गरेर ल्याएको १५ तोला २५ लाल सुनका गरगहना र

विपी राजमार्गमा साँझ ५ बजेदखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक

काभ्रे । विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी साउन १ गतेदेखि रातिको समयमा १२ घण्टा

कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा

गुल्मी । आइतबार बिहानदेखि अवरुद्ध गुल्मीको कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा आएको

पहिरोमा पुरिएर अर्घाखाँचीमा श्रीमान श्रीमतीको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौर तल्लोपाकुमा पहिरोले पुरिएर एक दम्पतीको मृत्यु भएको