जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंद्वारा सांसद अपहरण सम्बन्धी जाहेरी दर्ता



काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण सम्बन्धी जाहेरी दर्ता गरेको छ । सोमबार सरकारी वकिलको कार्यालयले अपहरण सम्बन्धी जाहेरी दर्ता गरेको जनता समाजवादी पार्टीका नेता केशव झाले जानकारी दिएका छन् । जाहेरी दर्ता नम्बर १०४७ रहेको उनले उल्लेख गरेका छन् ।

यादवको अपहरण गरेको भन्दै नेकपाका सांसद महेश बस्नेत, किष्णकुमार श्रेष्ठ र पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालविरुद्ध मुद्दा दर्ता भएको हो । यसअघि जिल्ला प्रहरी कार्यालय काठमाडौंले अपहरण सम्बन्धी मुद्दा दर्ता गर्न नमानेपछि उनीहरु जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं गएका थिए । त्यहाँ पनि मुद्दा दर्ता भएको थिएन ।

तर सोमबार भने जाहेरी दर्ता भएको झाले बताएका छन् । यसैबीच, जनता समाजवादी पार्टीका सांसद यादव अपहरणको आरोप लागेका सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालले आफूहरुले अपहरण नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन् । उनीहरुले आफूहरुले सांसद यादवको अपहरण नगरेको भन्दै आफूहरु निर्दोष रहेको भन्दै सोमबार निवेदन दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय काठमाडौं र सरकारकी वकिलको कार्यालय काठमाडौंले आफूलाई सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्व आईजीपी खनालले अपहरण गरेको भन्दै जाहेरी दिन गएका यादवको जाहेरी नलिएपछि उनले आफ्नो मानव अधिकार रक्षा गरिदिन माग गर्दै वैशाख १८ गते आयोगमा उजुरी दिएका थिए ।

यादवले उजुरी दिएको चार दिनपछि आयोग पुगेका आरोपित सांसद र पूर्वआईजीपीले आफूहरुले अपहरण नगरेको भन्दै अर्को निवेदन दिएका हुन् । महोत्तरीस्थित घरमै रहेका सांसद यादवलाई नेकपा सांसद बस्नेत, श्रेष्ठ तथा पूर्वआईजीपी खनालले वैशाख १० गते काठमाडौं ल्याएका थिए । निवेदनमा उनीहरुले पत्रपत्रिका र टेलिभिजनमा आएका अन्तरवार्ताबाटसमेत उनी अपहरणमा नपरेको भन्दै त्यसलाई प्रमाणका रुपमा बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नक्कली नोट र अफिम कारोबार गर्ने गिरोह पक्राउ

नेपालगञ्ज । भारतबाट चोरी गरेर ल्याएको १५ तोला २५ लाल सुनका गरगहना र

विपी राजमार्गमा साँझ ५ बजेदखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक

काभ्रे । विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी साउन १ गतेदेखि रातिको समयमा १२ घण्टा

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटाएको छ ।

कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा

गुल्मी । आइतबार बिहानदेखि अवरुद्ध गुल्मीको कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा आएको