सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो



सिन्धुपाल्चोक । दोलखाको कालीञ्चोक तीर्थयात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । लामोसाँघु जिरी सडकखण्डको ६ किलो नजिकै आइतबार बिहान साढे ७ बजे बस सडकबाट १५० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा १३ यात्रुको घटनास्थलमा नै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा सिन्धु सदाबहार अस्पताल खाडिचौरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । भक्तपुरको च्यामासिंह क्षेत्रमा सञ्चालन हुने बा२ख ४४६८ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेमध्ये हालसम्म एक जनाको मात्रै सनाखत भएको छ ।

दोलखा भीमेश्वरी नगरपालिका–४ की ३६ वर्षीया जुना तामाङको सनाखत भएको छ । लामोसाँघु जिरी सडकखण्डको ६ किलोको घुम्तीबाट तल बस खसेको सुनकोशी गाउँपालिका–६ का वडाध्यक्ष रामकुमार थापाले जानकारी दिए ।

दुर्घटनामा १७ यात्रु घाइते भएका छन् । घाइतेहरुको सिन्धु सदाबहार अस्पताल र गम्भीर घाइतेहरुलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । शनिबार भक्तपुरबाट रिजर्भ गएको बस बेलुकी कालीञ्चोक नजिकै कुरीमा बास बसेर बिहान आएको घाइतेहरुले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तीन महिनापछि भोजपुरमा उडान सुरु

भोजपुर ।  बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका–१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु

डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा राखेको भन्दै विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुखमाथि आक्रमण

चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि आक्रमण भएको

‘लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय गरेपछि

हेटौंडा सिमेन्ट उद्योगको मेसिन मर्मत पुरा, चैत तेस्रो सातादेखि पुनःउत्पादन थाल्दै

बागमती ।  लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले यही चैतको तेस्रो सातादेखि