चीनले भन्यो -नेपालको भूमि अतिक्रमण गरेका छैनौं



काठमाडौं । चीनले नेपाली भूमि अतिक्रमण नगरेको स्पष्ट पारेको छ । काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ता वाङ सिओयोङले नेपालको कुनै पनि क्षेत्रमा भूमि अतिक्रमण नगरिएको स्पष्ट पार्दै नेपालको भौगोलिक अखण्डताको सम्मान गर्ने बताएका हुन् ।

केही सञ्चारमाध्यम र समूहले चीनले पनि नेपालको भूमि अतिक्रमण गरेको आरोप लगाएको बताउँदै चीनले नेपालको भूमि अतिक्रमण नगरेको बताएको हो । नेपाल र चीनबीच भएको सीमा सम्बन्धी हस्ताक्षर अनुसार नै सीमा तय भएको उनले उल्लेख गरेका छन् ।

भारतले पछिल्लो समय जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेकलगायका क्षेत्र परेपछि नेपालमा तीव्र विरोध हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केयुको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त

काठमाडौँ । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त भएका छन् । कुलपति

राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशकमा भट्ट नियुक्त

काठमाडौँ । सरकारले राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशकमा दिनेश भट्टलाई

प्रहरी महानिरीक्षक कुँवरको बिदाइ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई

आगलागीबाट भोजपुरमा आठ जलेर नष्ट

भोजपुर । सामुदायिक वनमा लागेको डढेलो बस्तीमा प्रवेश गर्दा  भोजपुर नगरपालिका–१२, पारपानीका आठ