नेपाली भूमि फिर्ता हुनेमा ढुक्क हुन परराष्ट्रमन्त्रीको आग्रह



काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतद्धारा अतिक्रमित नेपाली भूमि फिर्ता हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरेका छन् । सोमबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले मुलुकको सार्वभौमिकताको रक्षा र नागरिकको सुरक्षा गर्ने प्रमुख दायित्व पूरा गर्न सरकार सधैं तत्पर रहेको बताए ।

उनले नेपाली भूमि कसैलाई पनि मिच्न नदिने गरी समस्या समाधान गर्न सरकार लागि परेको बताए । मन्त्री ज्ञवालीले भारतले हालै आफ्नो राजनीतिक नक्सामा समावेश गरेको कालापानीलगायतका नेपाली भूमि नेपालको हो भन्ने प्रमाण सरकारसँग रहेकाले सो भूमि गुमाउनु पर्छ कि भनेर चिन्ता लिईरहन नपर्ने बताए ।

बैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भारतसँगको सीमा समस्या समाधानका लागि तथ्य र प्रमाणसहित प्रस्तुत हुन सरकारको ध्यानाकर्षण गराए ।

उनले दुई मुलुकबीचको सीमा समस्या समाधानको कामलाई अघि बढाउँदा सरकारले डुवान समस्या समाधानमा पनि ख्याल गर्नुपर्ने बताए । बैठकमा समितिका सदस्यहरुले नेपाली भूमि भारतबाट फिर्ता गराउन राजनीतिक तहमा संवेदनशील भएर वार्तामा बस्न पनि सरकारलाई आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन, दैनिक १८ घण्टासम्म विद्युत् उत्पादन

काठमाडौं । मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका छन्

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणले थाल्यो पहल

काठमाडौं।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल थालिएको छ । उक्त विमानस्थललाई सञ्चालनार्थ

बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या

चितवन । नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

  काठमाडौँ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि