सांसद आलमविरुद्ध मानिसलाई ज्युँदै इँट्टाभट्टामा जलाएर मारेको अभियोगमा मुद्दा दर्ता



रौतहट । बम बनाउने क्रममा विष्फोट भइ घाइते भएकालाई ज्युँदै इँट्टाभट्टामा हालेर मारेको अभियोगमा कांग्रेस सांसद मोहम्मद अफताब आलमसहित ११ जनाविरुद्ध अभियोग दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालयले आलमसहितका व्यक्तिले त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहित दर्जन भन्दा बढी व्यक्तिलाई क्रुर मानवताविरुद्धको कसूर अपराध गरेको भन्दै अभियोगपत्र दर्ता गराएको हो ।

सरकारी वकिल कार्यालयले आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख भदई, मोहम्मद मोविन आलम, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन भन्ने शेख मलकार र गौरीशंहर साहसमेत विरुद्ध अभियोगपत्र दायर गरेको हो । आलमबाहेक अरु सबै फरार छन् ।

उनीहरुविरुद्ध पक्राउ पुर्जी म्याद जारी गर्न पनि सरकारी वकिल कार्यालयले माग गरेको छ । सरकारी वकिल कार्याललयले आलमसहितका व्यक्तिले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र गैरकानुनी रुपमा विस्फोटक पदार्थ राख्ने अपराध गरेको दावीसहित यी तीनवटै कसूरमा सजाय माग दावी गरेको छ ।

मुलुकी ऐन २०२० को ज्यानसम्बन्धी महलको १५ नम्बर अनुसार ज्यान मार्ने उद्योग गर्नेलाई ५ देखि १२ वर्षसम्म कैद सजाय हुनेछ । यही कसूरमा मुलुकी अपराध संहिताले १० वर्ष कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ ।

त्यस्तै सरकारी वकिल कार्यालयले घाइतेहरुलाई जिउँदै जलाएको अभियोगमा मुलुकी ऐन २०२० को ज्यानसम्बन्धी महलको १ र १३ (१) अनुसार र मुलुकी अपराध संहिताको दफा १७७ (२) अनुसार कारबाही गर्न माग गरिएको छ। यो कसूरमा सर्वस्वसहित जन्मकैद हुने व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रणबाहिर

घोराही । दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा आगलागी भएको छ ।

पोखरा र सिचुवानका पर्यटन व्यवसायीबीच ‘बिजनेस टु बिजनेस’ तथा ‘सेल्स मिसन’ आयोजना

सिचुवान (छोङ्छिङ) । पोखरा र चीनको सिचुवान प्रान्तको छोङछिङ नगरका पर्यटन व्यवसायीबीच व्यावसायिक

नागढुङ्गामा हाइस दुर्घटना हुँदा एकजनाको मृत्यु, नौ घाइते

  काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागाढुङ्गामा आज साँझ भएको सवारी दुर्घटनामा एकको

मुलुकलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउन अग्रसरता लिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले आफूहरु संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहेको बताएको छ ।