गणेश थापा आरसिटी क्लबमा



काठमाडौं ।  अन्र्तराष्ट्रिय फुटबल महासंघ फिफाबाट १० वर्षे प्रतिवन्ध सहितको कारवाहीमा परेपछि नेपाली फुटवलबाट ओझेल परेका अखिल नेपाल फुटवल संघ एन्फाका पूर्व अध्यक्ष गणेश थापाको पुनः फुटबल गतिविधिमा पुनरागमन भएको छ ।

अघिल्लो साता आफ्नो खेल जीवन संवन्धी आत्मा कथा लिएर आउन लागेको भन्दै लामो समयपछि पत्रकार सम्मेलनमा उपस्थित थापा पछिल्ला दिनमा क्लवका कार्यक्रमहरुमा पनि सामेल हुन थालेका छन ।

२०७६ को तिहार प्रारम्भको पहिलो दिन पारेर थापा एक पुरानो र चर्चित क्लव आरसिटीको शुभकामना कार्यक्रममा पुराना खेलकर्मी तथा फुटबलरहरुका साथमा उदाएका छन । कात्तिक ९ गते शनिवार आरसीटी क्लबद्वारा आयोजित दशै तथा शुभ दीपावलीको उपलक्ष्यमा आयोजित चियापान कार्यक्रममा थापा सहभागि भएका छन ।

आफूलाई क्लवले निम्तो दिए अनुसार अफू सहभागि भएको भन्दै उनले फेसबुकमा लेखेका छन, मलाई निमन्त्रणा गरी न्यानो माया दिनुभएकोमा आरसीटी क्लबका सम्पूर्ण पदाधिकारी साथीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु !

थापाले अगाडि लेखेका छन, हुन त म यस क्लबबाट धेरै लामो सम्म नखेलेको भए तापनि जुन आत्मीयता देखाउनुभयो, यसबाट म धेरै नै सम्मानित भएको महसुस गरे ! आरसीटी क्लबको उत्तर उत्तर प्रगतिको पनि कामना गर्न चाहन्छु ! थापाले त्यस अवसरमा नयाँ पुराना सबै फुटबलर र क्लव पदाधिकारीहरुसंग फोटोसेसन समेत गरेका थिए । लामो समयपछि थापा यसरी सार्वजनिक कार्यक्रममा देखिदा उनीसंग फोटो खिच्ने धेरै सहभागिले रहर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकीकृत समाजवादीको ‘समाजवादी अभियान’ सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सुशासन, रोजगारीलगायत विषय केन्द्रित देशव्यापी

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब नौ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा एक खर्ब ९

इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

इनरुवा । सुनसकारीको इटहरी उपमहानगरपालिका–१२ मा शनिबार बिहान मोटसाइकल दुर्घटना हुँदा एक जनाको

प्रधानन्यायाधीशद्वारा उपभोक्ता अदालत उद्घाटन, कसरी गर्छ यसले काम ?

  काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उपभोक्ता अदालत उद्घाटन गरेका छन् । उपभोक्ता