समयमै सबैले सोचौं, परिणाम सधैं सकारात्मक नै हुन्छ भन्न सकिन्नः नारायणकाजी श्रेष्ठ



‪काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सिंगो राज्य प्रणाली र व्यवस्थामाथि नै प्रश्न उठ्नेगरी सर्वोच्च अदालतबाट फैसला आएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार सामाजिक संजाल फेसबुकमार्फत प्रवक्ता श्रेष्ठले सर्वोच्चको फैसलाले व्यवस्थामाथि नै प्रश्न उठेको बताएका हुन् । त्यसैगरी उनले चितवना चेपाङ युवाको हत्या, सुकुम्बासी बस्तीमा आगो लगाइएको घटनाप्रति पनि आपत्ति जनाएका छन् ।

उनले लेखेका छन्, ‘के हुदैछ यस्तो ? न्यायालय र सिङ्गै राज्य प्रणाली र व्यवस्थामाथि नै प्रश्न उठ्ने गरी न्यायालयद्वारा निर्णय किन गरिदैछ ? बास र छाक टार्ने समस्याबाट पीडित गरीब चेपाङ युवाको हत्या संवेदनशील सुरक्षा अङ्गबाट नै दर्दनाक ढङ्गले पिटीपिटी किन गरिन्छ र सुकुम्बासी झुप्रामा आगो किन लगाईन्छ ? कथित दलित भएकै आधारमा बर्बर सामूहिक हत्या किन गरिन्छ ? हद भयो ,असह्य भयो । न्याय स्थापित होस् र दोषी माथि कार्बाही होस् । यो अवाजलाई समयमै सम्बोधन गरौं र राज्यका अङ्गहरुको लोकतन्त्र अनुरुप पुनसंरचना गरी लोकतन्त्रलाई ब्यबहारतः अभ्यास गरौं र विकास गरौं । अन्यथा निरासा,आक्रोस ,अनिश्चय र तरलता को परिणाम के होला ? समयमै सबैले सोचौं । परिणाम सधैं सकारात्मक नै हुन्छ भन्न सकिन्न ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विकास निर्माणको सबै काम प्रदेश र स्थानीय सरकारलाई दिनुपर्छः अध्यक्ष राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले विकास निर्माणको सबै काम प्रदेश

नारायणकाजीको प्रस्तावः सांसदको सङ्ख्या घटाऔँ, संसद् बाहिरबाट मन्त्री नियुक्त गरौँ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद नारायणकाजी श्रेष्ठले यथास्थितिवादको निरन्तरतामा रहेको आगामी आर्थिक

सरकारको सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाएको छः सांसद गिरी

  काठमाडौँ । नेकपा एमालेका सांसद पदम गिरीले सरकारले संसद्मा प्रस्तुत गरेको आर्थिक

साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेशकुमार