यूएईद्वारा मङ्गल ग्रह जाने पहिलो ऐतिहासिक यानको सफल प्रक्षेपण



संयुक्त अरब एमिरेट्स (यूएई) को पहिलो ऐतिहासिक मिशन अन्तर्गतको एक यान मङ्गल ग्रहतर्फ अघि बढेको छ । जापानमा रहेको तनेगसिमा अन्तरिक्ष केन्द्रबाट एचटू ए रकेटमार्फत प्रक्षेपण भएको होप नामक उक्त मिशनले झण्डै ५० करोड किलोमिटर दूरी तय गरेपछि मङ्गलग्रहको मौसम र जलवायुबारे अध्ययन गर्नेछ ।

यसअघि प्रक्षेपणका दुईवटा प्रयास गत साता खराब मौसमका कारण स्थगित गरिएको थियो । सन् २०२१ को फेब्रुअरीमा होप मङ्गलग्रह पुग्नेछ। त्यो त्यही मिति हो जतिबेला युएई स्थापनाको ५० औ वार्षिकोत्सब हुन्छ । यही महिना मङ्गलग्रहमा जान लागेका तीनवटा मिशनमध्ये यूएईको होप मिशन एक हो । अमेरिका र चीन दुवै आफ्नो मिसन पठाउन अन्तिम चरणको तयारीमा छन् ।

अन्तरिक्षयानको नमुना र निर्माण दुवैमा यूएईको सीमित अनुभव छ । तर पनि अमेरिका, रुस, युरोप र भारतले मात्रै सफलता हासिल गरेको काममा उसले प्रयास गर्दैछ । यसले चुनौती लिने आँट गर्नुपर्छ भन्ने एमिरेट्सको महत्त्वाकाङ्क्षा देखाउँछ । अमेरिकी विज्ञको अनुभवी परामर्श पाएका यूएईका इन्जिनियरहरूले जम्मा छ वर्षमा एउटा परिष्कृत यान उत्पादन गरेका छन् । र यो भूउपग्रह मङ्गल ग्रहको कक्षमा पुगेपछि यसले ग्रहको वातावरणले कसरी काम गर्छ भन्ने ताजा विवरणहरूको खुलासा गर्नेछ ।

उक्त ग्रहको सतहभन्दा झण्डै २२ हजार देखि ४४ हजार किलोमिटर माथि रहेर यो भूउपग्रहले अध्ययनहरू गर्नेछ । खासगरी, वैज्ञानिकहरूले मङ्गलग्रहमा हावा र पानी के कारणले कम भयो भन्ने बुझाइमा थप जानकारी दिने बताएका छन् । एमिरेट्स र पूरै अरब क्षेत्रमा होपले युवाहरूलाई उच्च शिक्षा र विज्ञानमा आकर्षित गर्ने विश्वास गरिएको छ ।

तेल र ग्यासमा निर्भर रहेको देशलाई त्यसबाट माथि उठाएर ज्ञानमा आधारित अर्थतन्त्र बनाउने थुप्रै परियोजनामध्ये भूउपग्रह एउटा सङ्केतका रुपमा रहेको यूएई सरकारले बताएको छ । तर मङ्गलग्रह भएकोले खतरा पनि निकै धेरै छ । उक्त ग्रहमा पठाइएका सबै मिशनमध्ये आधाजसो विफल भएका छन् । होप प्रोजेक्टका निर्देशक ओमरान शराफले खतराहरूको ख्याल गर्दै आफ्नो देशको प्रयास सही रहेकोप्रति आश्वस्त पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायतमा शरण खोज्ने आप्रबासीको सङ्ख्यामा वृद्धि

लण्डन । बेलायतमा हालैका वर्षहरूमा शरण खोज्नेहरूको सङ्ख्या ह्वात्तै बढेको सरकारी तथ्याङ्कले देखाएको

अमेरिकी विदेशमन्त्री भन्छन् -ट्रम्प र पुटिनबीच प्रत्यक्ष अन्तरक्रिया नभई रुस-युक्रेन वार्तामा प्रगति हुँदैन

बीबीसी । अमेरिकी विदेशमन्त्रीले टर्कीमा हुन लागेको युक्रेन–रुस शान्तिवार्ताप्रति आफ्नो धेरै अपेक्षा नरहेको

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित नेटो खर्चको लक्ष्य पूरा गर्न जर्मनी तयार

बर्लिन । जर्मनीको नयाँ सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माग गरेको कुल गार्हस्थ्य

सन् २०२५ मा अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा व्यहोर्ने

पेरिस । ट्रम्प प्रशासनले आप्रवासीमाथिको कारबाहीको नेतृत्व गरेका कारण संयुक्त राज्य अमेरिकाले यस