अमेरिकामा कोरोनाभाइरसलाई मिथ्या ठान्ने एक व्यक्तिको मृत्यु



अमेरिकाको टेक्सस राज्यका एक चिकित्सकका अनुसार कोरोनाभाइरसलाई मिथ्या ठान्ने ३० वर्षजति उमेरका एक व्यक्तिको अर्का सङ्क्रमित व्यक्तिले आयोजना गरेको ’कोभिड१९’ पार्टीमा सहभागी भएपछि मृत्यु भएको छ ।

एउटा भिडियोमार्फत् मेथडिस्ट अस्पतालका प्रमुख स्वास्थ्य अधिकारी जेन एपलबाइले त्यस्तो विशेष कोभिड जमघटको कथा बताएकी थिइन् । ती व्यक्तिले बताएअनुसार त्यस जमघटमा को पहिले सङ्क्रमित हुने र को त्यसबाट जोगिन सक्ने भन्ने प्रतिस्पर्धा चलेको थियो । ती बिरामीले ज्यान गुमाउनुभन्दा केही बेरअघि सघन उपचार कक्षकी नर्सलाई आफूले त्यस्तो पार्टीमा सहभागी भएर गल्ती गरेको बताएका थिए ।

रोनाभाइरस महामारीले विश्वभरि त्रास सिर्जना गरिरहेको भए पनि विभिन्न देशमा यसलाई मिथ्या ठान्ने र हलुका रूपमा लिने प्रवृत्ति विद्यमान छ । अमेरिकामा विश्वकै सबभन्दा धेरै सङ्क्रमित भेटिएका छन्। त्यहाँ ३० लाखभन्दा धेरै मानिसलाई कोरोनाभाइरस सङ्क्रमण भइसकेको छ ।
साथै त्यहाँ उक्त सङ्क्रमणका कारण सवा लाखभन्दा धेरै मानिसले ज्यान गुमाइसके ।

तर अझैपनि त्यहाँ कतिपय मानिसहरूमाझ कोरोनाभाइरसको यथार्थलाई लिएर भ्रम व्याप्त रहेको बताइन्छ । अनुहार ढाक्ने मास्क लगाउने विषय पनि त्यहाँ राजनीतिको सिकार भइरहेको बताइन्छ । कतिपयले मास्क लगाउने विषयलाई व्यक्तिगत स्वतन्त्रतासँग जोडेका छन् । हालैका दिनमा राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलोपटक सार्वजनिक स्थलमा मास्क प्रयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तान र इरानबाट पाँच दिनमा करिब १६ हजार अफगान शरणार्थी स्वदेश फर्किए

काबुल । अफगानिस्तानको उच्च आयोगले जानकारी दिएको अनुसार, पछिल्लो पाँच दिनको अवधिमा पाकिस्तान

जिहादीको आक्रमणमा नाइजेरियामा चार सैनिकको मृत्यु

नाइजेरिया । उत्तरपूर्वी नाइजेरियाको एक सैनिक शिविरमा इस्लामिक राज्य पश्चिम अफ्रिका प्रान्त (आइसडब्लुएप)

गाजामा खाद्यान्न नाकाबन्दी हटाउन इजरायललाई संयुक्त राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका राहत प्रमुख टम फ्लेचरले गाजामा जातीय नरसंहारको रोकथामका

वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने

फ्रान्कफुर्ट । जर्मनीको अर्थतन्त्र सन् २०२५ मा ०.२ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको