प्रधानमन्त्रीमा कमीकमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट देखिएनः बाबुराम भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमा अहंकारको दम्भ अझै नहटेको बताएका छन् । प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा आएका अभिव्यक्तिले त्यस्तै देखाएको भट्टराईले बताएका हुन् ।

प्रधानमन्त्री ओलीको सम्बोधनपछि ट्वीट गर्दै भट्टराईले भनेका छन्, प्रधानमन्त्री ओलीको तीन घण्टाको स्पष्टीकरण सुन्दा उहाँमा आफ्ना कमीकमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट देखिएन । कोरोना, राष्ट्रियता, लोकतन्त्रका व्याख्यान सुन्दा अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखियो । लिपुलेक नक्साको ब्याज भजाएर अकंटक कुशासन चलाउने र देशलाई बर्बादीमा लैजाने बुझियो !’

त्यस्तै भट्टराईले विदेशमा अलपत्र कामदारकाबारेमा लेखेका छन्, ‘अलपत्र श्रमिकलाई प्रधानमन्त्री ओलीले ‘तिनलाई ल्याएर कोरोना मात्रै फैलाउने,देशै सोत्तर पार्ने ?’ भनेपछि यिनलाई के भनूँ(“म सुजन थापा मेरो घर गोर्खा म दुबईमा छु मेरो भिसा पनि सकियो मलाई खान बस्नलाइ साह्रै समस्या भयो नेपाल आउनलाई सरखारले केकस्तो बेबस्ता गरेको छ र कहिलेबाट आउन सकिन्छ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जतिसुकै सिट सङ्ख्या भएपनि यो संविधान र लोकतान्त्रिक गणतन्त्रको माओवादी संस्थापन होः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जतिसुकै सङ्ख्या भए पनि

भूमिसम्बन्धी विधेयकमा ‘लटरपटर’ नगरौं : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमिसम्बन्धी विधेयकलाई आजको संसदको कार्यसूचीबाट हटाउन

विपद प्रभावितलाई  तत्काल उद्धार र राहत सामग्री दिन सांसदहरुको माग

  काठमाडौँ । सांसदहरुले रसुवा, नुवाकोटलगायतका जिल्लामा प्राकृतिक विपदका कारण भएको जनधनको क्षतिप्रति

स्पेनमा प्रधानमन्त्री सहभागी कार्यक्रममा गएका केही मानिसहरू फर्किएनन्ः सांसद गौतम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार पनि