विश्वका घुम्न लायक १० ठाउँमध्ये नेपाल पहिलो नम्बरमा



विश्वविख्यात फोर्ब्स पत्रिकाले सन् २०२० मा घुम्नको लागि नेपाल उत्कृष्ट गन्तव्य बन्न सक्ने उल्लेख गरेको छ । फोर्ब्स पत्रिकाकी ट्राभल ब्लगर क्याटरिन पार्कर म्यागरले सन् २०२० मा विश्वभरमा घुम्न लायक १० ठाउँमध्ये नेपाललाई पहिलो नम्बरमा राख्दै नेपालको बारेमा उल्लेख गरेकी छन् । नेपाल साहसिक यात्रा रुचाउनेहरुका लागि र शान्त ठाउँमा घुम्न चाहनेका लागि विश्वकै उत्कृष्ट गन्तव्य भएको उल्लेख गरिएको छ ।

नेपालका होटल तथा रिसोर्टमा पाइने न्यानो आतिथ्य र खानाका परिकारले पनि यात्रा झनै रोमाञ्चक हुने पनि लेखमा उल्लेख छ । फाप्लुको ह्याप्पी हाउस र बर्दिया निकुञ्जको कर्णाली लज जानैपर्ने होटल रहेको उनले लेखेकी छन् ।

चितवन, बर्दिया लगायतका राष्ट्रिय निकुञ्जमा गैँडा, हात्ती, बाघ लगायतका वन्यजन्तुको अवलोकनले यात्रा रोमाञ्चक हुने उनले आफ्नो लेखमा उल्लेख गरेकी छन् । तराइकोे यात्रापछि पहाड र हिमालतिर लाग्दा यात्रामा स्वर्गीय आनन्द आउने पनि लेखमा छ ।

फोर्ब्समा उल्लेख भएका बाँकी ९ वटा गन्तव्यमा इक्वेडर, न्युजिल्याण्ड, पेरु, अलास्का, ब्राजिल, मोरक्को, चीन, फिनल्याण्ड र केन्या रहेका छन् । नेपालमा पर्वतारोहणका लागि पर्यटकले कम खर्चमै अत्यधिक मनोरञ्जन लिन सकिने उनले उल्लेख गरेकी छन् ।

यस्तो छ फोब्र्समा ब्लगर क्याटरिन पार्कर म्यागरको अनुभव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘जुन बारी बाँझो राखेर कमाउन विदेश गएँ, आज त्यसैले सम्पन्न बनाउँदैछ’

हेटौँडा । मकवानपुर मनहरी गाउँपालिका-१ मकरीका ६१ वर्षीय देवराज न्यौपानेले धन कमाउने सपना

विदेश पलायन भइरहेको युवा जनशक्तिलाई रोक्नु पहिलो आवश्यकता होः राष्ट्रपति पौडेल

गण्डकी । राष्ट्रपति रामचन्द्र पौडेलले केही भएन भन्नेमात्र नभई धेरै भएको छ तर

राज्यले अनेकौं आविष्कार केन्द्रको स्थापनाबाट युवाहरूलाई डिजिटल क्रान्तिका योद्धा बनाउनुपर्छ

-डा. युवराज संग्रौला । देशलाइ वर्तमान अवस्थाबाट वा आर्थिक संकट र राजनीति अस्थिरताको

राजनीतिमा युवालाई प्रोत्साहन गर्दै नयाँ विचार स्थापित गरेर देशलाई निकास दिनुपर्छः बाबुराम भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा बाबुराम भट्टराईले महाधिवेशनमार्फत