‘समयादेश’



समयादेश

लक्ष्य त कहाँ कहाँ पुग्ने थियो..

बार्दलीबाट बुरूक्कै उफ्रेर
भेटाउनु थियो
बादलहरूको देश,

उकालै-उकालो हिडेर
चढ्नु थियो पहाड
र ध्यानस्थ साधुझै
आँखा चिम्लेर नै
महशुस गर्नु थियो
जीवनको सर्वोच्च आनन्द

नदीको किनारबाट
बिन्ति बिसाएर कुनै जलदेवतालाई
सयर गर्नु थियो
पानीको देश

चराहरूको प्वाँखमा अटाएर
वारपार गर्नु थियो
सीमाहीन देशहरू

डि.एन्.ए. को
ग्रेटवालभन्दा लामो सिढी फैलाएर
पुग्नु थियो चन्द्रमा
र गर्व गर्नु थियो
मानव जुनीको
मानव सभ्यताको
मानव विकासको..

बार्दलीबाट बुरूक्कै उफ्रेर
भेटाउनु थियो
बादलहरूको देश..

तर बन्द गरेर आफूलाई पर्खालभित्र
अहिले समय आफैं बन्दी छ
र बहिष्कार गरिरहेछ मानिसहरूको संसर्ग पनि

समयको त्रासदी सिरोपर गरेरै
मैले कैद गरेको छु आफूलाई
म सोचिरहेछु
समय के सिकाउन चाहिरहेछ यतिखेर
कि मैले आँगन चिनेर मात्र
छोड्नुपर्छ बार्दली
या सपनाहरूलाई गोडमेल गर्न
क्वारेन्टिनको एकान्त काफी छ!

~ स्मिता श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डा. सविना श्रेष्ठका ‘अकथ्यको प्रतिध्वनि’ र ‘आफूलाई भुलाई’ विमोचन

काठमाडौँ । वरिष्ठ बाल नेत्ररोग विशेषज्ञ प्रा डा सविना श्रेष्ठद्वारा रचना गरिएका ‘अकथ्यको

तस्बिरमा भानु जयन्ती

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको योगदानबाट प्रेरणा लिएर

‘प्रभाका चम्किला ताराहरू ’ लोकार्पण

काठमाडौँ । ‘प्रभाका चम्किला ताराहरू’ नामक जीवनी लोकार्पण गरिएको छ । प्रभा एल्मुनाई

चाँदनी जोशीको ‘वेभिङ माइ साउथ एसियन टेपेष्ट्री’ लोकार्पण

काठमाडौँ । महिला अधिकार र लैङ्गिक समानताको क्षेत्रमा सक्रिय चाँदनी जोशीको संस्मरणात्मक पुस्तक