जुर्मुराई उठ



जुर्मुराई उठ
सिमेन्टको कुलोमा पानी
सलल बगेको अवाज
कति राम्रो छ
जग भने कमजोर

भूकम्पले हल्लाएको ढुंगा जस्तो
कुन दिन शर्बनास मासिने हो
चिन्ताले थलिएर बस्नु छ
उत्तरबाट राजनैतिक तालिमको पहिरो
दक्षिणको उपहार जलमग्न तराई गाउँहरु
माटो मिसिएको सिमेन्टको बाँध

कति थेग्ला
कुन दिन सबैलाई बगाउने हो
मनमा त्रास लिएर जिउनु छ
यो समृद्धिको बालुवाको बाँध

यो समाजबाद उन्मुख कमाऊ राजनीति
बहुदलिय अठ्परिया जनवादको दर्शन
अगाडी अगाडी लम्कदैछ

भ्रस्टाचारको महाभूकम्पले हल्लाएको घर जस्तो
यो हाम्रो देश
इमानका नारा बोक्ने

बेइमान हरु को लुट बाट सिथिल हुदैछ
चुपो लाग्ने बेला गइ सक्यो
अब जुर्मुराई उठ्नु छ

डा. प्रकाशचन्द्र लोहनी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काशीनाथ–हरिप्रिया कट्टेल वाङ्मय पुरस्कार प्रदान

काठमाडौँ । नेपाली भाषा, साहित्य र वाङ्मयको विकासका निम्ति योगदान गर्नुभएका तीन जना

आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार’ प्रदान

काठमाडौँ । नेपाली लेखक सङ्घले आख्यानकार डा ध्रुवचन्द्र गौतमलाई दोस्रो राष्ट्रिय लेखक पुरस्कारबाट

रमा–कृष्ण साहित्य सम्मान समालोचक चुडामणि बन्धुलाई

काठमाडौँ । रमा–कृष्ण सृजना प्रतिष्ठानले २०८० सालको कवि भवानी घिमिरे स्मृति रमा–कृष्ण साहित्य

क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार सरुभक्तलाई

तनहुँ । यस वर्षको ‘क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार’ साहित्यकार सरुभक्तलाई प्रदान गरिने भएको