विमानभित्र ग्यास मास्क लगाएका व्यक्ति देखेपछि …..



अमेरिकामा आफ्नो अनुहार छोप्नेगरी लगाएको ग्यास मास्क फुकाल्न नमानेपछि एक यात्रुलाई चढेको विमानबाट ओरालिएको छ। ड्यालसबाट ह्यूस्टन उड्न लागेको विमानमा बिहीवार चढेका यात्रुहरू उनलाई देखेर डराएका थिए।

विमानका कर्मचारीहरूले उनलाई मास्क फुकाल्न गरेको अनुरोध उनले अस्वीकार गरेका थिए। त्यसपछि उनलाई उक्त विमानमा उड्न दिइएन। त्यो क्रममा उक्त विमान एक घण्टा ढिलो उड्यो।

ती व्यक्ति अर्को विमानमा चढेर गन्तव्यतिर उडे। तर त्यसमा चढ्दा उनले मास्क लगाएनन्। पहिलो विमानका यात्रु जोजिफ सेले ह्यूस्टनले एबीसीसी स्टेशन केटीआरकेलाई भने, “मैले एकजना व्यक्ति पूरै मुख छोपिनेगरी ग्यास मास्क लगाएर विमानमा आउँदै गरेको देखेँ। त्यो कस्तोकस्तो अप्ठ्यारो देखिन्थ्यो।”

“तत्कालै मानिसहरूले विमानमा पछाडिपट्टि कुरा गर्ने थाले।” “उनको अनुहार देखिँदैनथ्यो। उनको कुनै रूप चिन्न सकिँदैनथ्यो। उनले विमानमा केही कुरा लुकाएर ल्याएका छन् कि र आफ्नो सुरक्षाका लागि मास्क लगाएका हुन् कि भन्ने आशङ्कामा मानिसहरू चिन्तित थिए।”

आफूलाई पहिला ती व्यक्तिले कोरोनाभाइरसको सङ्क्रमणबाट जोगिन मास्क लगाएको होला भन्ने लागेको सेले बताए। त्यसपछि मैले त्यसमा फिल्टर नभएको भेउ पाएँ। अनि त्यसको कुनै अर्थ भए जस्तो लागेन।”

“उनीसँगै बसेकी एक महिलाबाट हामीले ती व्यक्तिले केही कुरा भन्ने इच्छा व्यक्त गरेको भन्ने सुन्यौँ। मलाई त्यो के कुरा थियो भन्ने चाहिँ थाहा छैन,” सेले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा बाढीपहिरोमा परी १११ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म १११ जनाको मृत्यु

भारतमा आँप बोकेको लरी पल्टिँदा नौ जनाको मृत्यु, ११ घाइते

नयाँदिल्ली । भारतको आन्ध्र प्रदेशमा आँप बोकेको लरी पल्टिँदा कम्तीमा नौ जनाको मृत्यु

गत महिना चीनको अमेरिकातर्फको निर्यात पूर्वानुमानभन्दा बढी

बेइजिङ । वासिङ्टन र बेइजिङले एकअर्कामाथिको कर घटाउने सम्भावित सम्झौतामा सहमति जनाएपछि चीनको

गाजामा भएको इजरायली आक्रमणमा ४३ जनाको मृत्यु

गाजा । गाजाको पानी वितरण केन्द्रमा भएको इजरायली हवाई आक्रमणमा केही बच्चासहित ४०