१३ हजार किलोमिटर भौँतारियो शिकार र पोथीको खोजीका लागि एउटा बाघ



भारतमा एउटा बाघ पाँच महिनाको अवधिमा १३ हजार किलोमिटर हिँडेको छ। हालसम्म भारतमा रेकर्ड गरिएकोमध्ये बाघको यो सबैभन्दा लामो यात्रा रहेको बताइएको छ।

साढे दुई वर्षको उक्त बाघ सिकार, क्षेत्र वा पोथीको खोजीमा भौँतारिएको हुन सक्ने विज्ञहरूको अनुमान छ। पूर्ण रूपमा वयस्क भइनसकेको उक्त बाघ भारतको महाराष्ट्र राज्यस्थित एउटा वन्यजन्तु आरक्षबाट गत जुन महिनामा हिँडेको थियो।

त्यसपछि ऊ खेत, राजमार्ग र छिमेकी राज्यमा हिँडिरहेको पाइएको थियो।शरीरमा जडान गरिएको रेडिओ कलर उपकरणले उपलब्ध गराएको विवरणका आधारमा उसको गतिविधि अध्ययन गरिएको हो।

अहिलेसम्म केवल एकचोटि उक्त बाघको मानिससँग द्वन्द्व भएको बताइएको छ। बाक्लो जङ्गलमा प्रवेश गरेको एउटा समूहको एक व्यक्तिलाई उसले घाइते बनाइदिएको थियो।

महाराष्ट्रको तिपेश्वर अभयारण्यमा सी-वन नाम दिएको उक्त बाघ टी-वन नामक बघिनीले जन्माएका तीन डमरुमध्ये एक हो।

उक्त स्थानमा १० वटा बाघ भएको बताइन्छ। गत फेब्रुअरी महिनामा सी-वनको शरीरमा हिँडडुल अनुगमन गर्ने उपकरण जडान गरिएको थियो। ऊ वर्षा सुरु नहुँदासम्म वनमै घुमिरह्यो।  जुन महिनामा त्यहाँबाट हिँडेको ऊ महाराष्ट्र र छिमेकी तेलाङ्गना राज्यका सात जिल्लामा घुम्यो।

यो सप्ताहान्तमा ऊ महाराष्ट्रकै अर्को आरक्षमा पुगेको थियो। अधिकारीहरूका अनुसार उक्त बाघ सीधा हिँडेको छैन।

उसलाई जीपीएस स्याटलाइटद्वारा निगरानीमा राखिएको छ र उसको चाल प्रत्येक घण्टा हेरिराखिएको छ। पछिल्लो नौ महिनामा त्यो बाघ पाँच हजारभन्दा बढी ठाउँमा पुगेको पाइएको छ।

“त्यो बाघले आफ्नो लागि क्षेत्र, आहार वा समागम गर्नका लागि साथीको खोजी गरिरहेको हुन सक्छ। भारतमा बाघलाई चाहिने क्षेत्र पहिले नै ओगटिएको हुने हुँदा कम उमेरका बाघहरूले नयाँ स्थानको खोजी गर्नुपर्ने हुन्छ,” भारतीय वन्यजीव संस्थानका वरिष्ठ डा. जीवविज्ञ बिलाल हबिबले बीबीसीलाई भने।

उक्त बाघ दिनको समयमा लुक्ने र रातको समयमा हिँड्ने गरेको बताइएको छ। आहारका लागि त्यसले बँदेल र गाईबस्तुको सिकार गने गरेको छ।

अहिलेसम्म कुनै अप्रिय घटना नभएको पनि भविष्यमा त्यस्तो हुन सक्ने हुँदा वन्यजन्तु अधिकारीहरूले उक्त बाघलाई नियन्त्रणमा लिएर नयाँ स्थानमा स्थानान्तरण गरिनुपर्ने बताएका छन्।

गतिविधि अनुगमन गर्ने उपकरणमा जडित ब्याटरीको शक्ति ८० प्रतिशत घटिसकेको हुँदा उक्त बाघसँग सम्पर्क विच्छेद हुन सक्ने डर रहेको उनीहरूले बताएका छन्।

भारतमा बाघको सङ्ख्या बढे पनि उनीहरूको वासस्थान घट्दै गएको र पर्याप्त आहार नभएको विज्ञहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रम्पको तेलमा कर लगाउने धम्कीपछि भेनेजुएलामा अमेरिकी हस्तक्षेपको चीनद्वारा निन्दा

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाबाट तेल र ग्यास

सुडानको डार्फर बजारमा सेनाको आक्रमण, सयौँको मृत्यु

खार्तुम । एक सुडानी युद्ध निगरानी समूहले मङ्गलबार सेनामाथि देशको पश्चिमी डार्फर क्षेत्रमा

मध्यरातदेखि गाजामा इजरायली हमलामा १४ जनाको मृत्यु

गाजा सिटी (प्यालेस्टिनी क्षेत्र)। इजरायलको पछिल्लो आक्रमणको एक साता बितिसकेको अवस्थामा गाजाको नागरिक

सन् २०२५ मा एसियाको जिडिपी ४.५ प्रतिशतले बढ्ने अनुमान

चीन । बोआओ फोरमले मङ्लबार जारी गरेको गरेको प्रतिवेदनमा सन् २०२५ मा एसियाको