आफ्ना स्मार्टफोनका कमजोरी पत्ता लगाइदिनेलाई गुगलले १७ करोड रुपैयाँ दिने



आफ्ना केही एन्ड्रोइड स्मार्टफोनमा भएका सुरक्षा त्रुटि पहिचान गरिदिनेलाई प्रविधि कम्पनी गुगलले न्यूनतम दुई लाख अमेरिकी डलर (दुई करोड ३० लाख नेपाली रुपैयाँ) देखि अधिकतम १५ लाख अमेरिकी डलर (१७ करोड २५ लाख रुपैयाँ) सम्म पुरस्कार दिने भएको छ।

उक्त धनराशि प्राप्त गर्न गुगलले निर्माण गरेको पिक्सल स्मार्टफोनको टाइटन एम सुरक्षा चिपमा त्रुटि फेला पार्नुपर्ने हुन्छ। त्यसो गर्दा केही निश्चित मापदण्ड पनि पूरा भएको हुनुपर्छ।

सुरक्षासम्बन्धी विषयका शोधकर्ताहरूलाई सन् २०१५ पछि ४० लाख अमेरिकी डलरभन्दा बढी रकम पुरस्कार दिइसकेको गुगलले बताएको छ।

तर गुगलले दिने आर्थिक प्रोत्साहनले मानिसहरूलाई अपराधीहरूबाट पैसा लिन रोक्छ भन्ने कुरामा केही विज्ञहरू विश्वास गर्दैनन्।

एपल, बजफीड, फेसबुक र सामसङ जस्ता कम्पनीहरूले पनि सुरक्षा त्रुटिबारे जानकारी गराउने व्यक्ति वा संस्थालाई पुरस्कृत गर्ने गरेका छन्।

अपराधीहरूलाई बेच्नुको साटो समस्या समाधान गर्न सकियोस् भनेर प्रविधि कम्पनीहरूले मानिसहरूलाई त्रुटिबारे जानकारी दिन आग्रह गर्ने गरेका छन्। त्रुटिबारे जानकारी दिनेलाई उनीहरूले आफ्नो ‘बग बाउन्टी’ योजनाअन्तर्गत पुरस्कृत गर्छन्।

पिक्सल स्मार्टफोनमा टाइटन एम सेक्युरिटी चिप अपरेटिङ सिस्टमको रक्षा गर्न तथा फोन अन्लक गर्न प्रयोग गरिने बायोमेट्रिक डेटा राख्न बनाइएको हो।

पन्ध्र लाख अमेरिकी डलर प्राप्त गर्नका लागि शोधकर्ताहरूले उत्पादकले बनाएको विशेष एन्ड्रोइड फोनमा जडित चिपलाई असर पार्न सक्ने तरिका खोज्नुपर्ने हुन्छ।

तर एक विश्लेषकले भने पुरस्कार रकम बढाउँदैमा त्यस्ता त्रुटि पत्ता लगाउन सक्नेहरूको व्यवहारमा परिवर्तन नआउने बताएका छन्।

“एपलले रकम बढाएर १० लाख अमेरिकी डलर बनाए जस्तै गुगलको कदमले पनि अपराधीहरूसँग प्रतिस्पर्धा गर्न सक्दैन,” लुटा सेक्युरिटीकी प्रमुख कार्यकारी केटी मुसोहीले बताइन्, “किनभने उनीहरूले जुनसुकै बेला मूल्य बढाइदिन सक्छन्।”

बीबीसीले पनि समाधान गर्न सकिने समस्याबारे जानकारी गराउने व्यक्तिलाई पुरस्कृत गर्ने गरेको छ।

तर सर्वसाधारणबाट सङ्कलित रकमबाट बीबीसी सञ्चालन हुने हुँदा रकमको साटो “भिन्न पुरस्कार” दिइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाबाट निष्कासित दक्षिण अफ्रिकी राजदूत भन्छन् -‘कुनै पछुतो छैन’ 

  केप टाउन । राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारसँगको विवादमा संयुक्त राज्य अमेरिकाबाट निष्कासित

पाकिस्तानद्वारा बलुच कार्यकर्तामाथि ‘आतङ्कवाद’ को आरोप

  क्वेटा । प्रहरी दस्तावेजअनुसार पाकिस्तानले आइतबार एक बलुच अधिकार कार्यकर्तामाथि आतङ्कवाद, राजद्रोह

बेलायतले १५ प्रतिशतले खर्च कटौती गर्ने

लन्डन । तनावपूर्ण सार्वजनिक वित्तसँग जुझिरहेकी बेलायती वित्तमन्त्री राचेल रिभ्सले चार वर्षभित्र सरकार

पश्चिम किनारमा नयाँ बस्तीहरूको इजरायली मान्यतालाई प्यालेस्टिनीहरूको निन्दा

रमल्लाह  । प्यालेस्टिनी विदेश मन्त्रालयले आइतबार कब्जा गरिएको पश्चिम किनारमा दर्जनभन्दा बढी नयाँ