रुसी सफ्टवेअर नराखिएका ग्याजेटको बिक्री वितरणमा रोक



रुसी सफ्टवेअर नराखिएका ग्याजेटको बिक्री वितरणमा रोक लगाउने गरी रुसले एउटा नयाँ कानुन पारित गरेको छ।

उक्त कानुन जुलाई २०२० देखि कार्यान्वयनमा आउनेछ। यसले स्मार्टफोन, कम्प्युटर र स्मार्ट टेलिभिजनलाई समेट्नेछ।

त्यस्तो कानुन बनाउने सरकारी निर्णयको समर्थन गर्नहरूले यसबाट रुसी प्रविधिलाई प्रोत्साहन र सर्वसाधारणहरूले किन्ने विद्युतीय उपकरण प्रयोग गर्न सहज हुने तर्क गरेका छन्।

तर त्यसले सरकारी निगरानी हुन सक्ने चिन्ता बढाउनुका साथै केही कम्पनी रुसबाट बाहिरिन सक्ने आशङ्का बढाएको छ।

नयाँ कानुनले विदेशमा निर्मित ग्याजेट र तिनमा जडित सफ्टवेअर बेच्न रोक लगाउनेछैन। तर रुसमा बिक्री वितरण गरिने उपकरणमा रुसी सफ्टवेअर पनि अनिवार्य जडान गर्नुपर्ने व्यवस्था गरिएको छ।

रुसको तल्लो सदनले बिहीवार उक्त कानुन पारित गरेको हो। कुनकुन रुसी सफ्टवेअर पहिले नै जडान गर्नुपर्ने हो र कुनकुन ग्याजेट यो कानुनले प्रभावित हुन्छन् भन्ने विषय भने सरकारले पछि निर्धारण गर्नेछ।

नयाँ कानुन निर्माणमा सम्मिलित ओलेग निकोलायेभका अनुसार पहिले नै रुसी सफ्टवेअर तयार पारिनुले ग्राहकहरूलाई विभिन्न विकल्प उपलब्ध हुनेछ।

तर उत्पादक र वितरकहरूले नयाँ कानुनी व्यवस्थाको विरोध गरेका छन्। कतिपयले रुसमा बनाइएको सफ्टवेअर प्रयोगकर्ताहरूमाथि जासुसी गर्न प्रयोग हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मध्यरातदेखि गाजामा इजरायली हमलामा १४ जनाको मृत्यु

गाजा सिटी (प्यालेस्टिनी क्षेत्र)। इजरायलको पछिल्लो आक्रमणको एक साता बितिसकेको अवस्थामा गाजाको नागरिक

सन् २०२५ मा एसियाको जिडिपी ४.५ प्रतिशतले बढ्ने अनुमान

चीन । बोआओ फोरमले मङ्लबार जारी गरेको गरेको प्रतिवेदनमा सन् २०२५ मा एसियाको

रुसद्वारा ‘अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलसहितको’ सैन्य अभ्यास सुरु

मस्को । रुसी सेनाले अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलहरू समावेश गरेको सैन्य अभ्यास सुरु गरेको

जापानमा मृत्युदण्डको सजाय सुनाइएका कैदीलाई १४ लाख डलर पुरस्कार

जापान । हत्याको गलत आरोपमा दोषी ठहरिएका र विश्वमा सबैभन्दा लामो समयसम्म मृत्युदण्डको