अत्यधिक गर्मीका कारण क्यानडामा ६० जना भन्दा बढीको मृत्यु



अत्यधिक गर्मीले क्यानडामा ६० जना भन्दा बढीको मृत्यु भएको छ । पश्चिमी प्यासिफिकको तटिय क्षेत्रमा चलेको तातो हावाले जनजिवन अस्तव्यस्त बनाएको छ ।

ब्रिटिश कोलम्बिया प्रान्तको लिएटन शहर गर्मीबाट सबैभन्दा बढी प्रभावित भएको छ । अधिकारीहरुका अनुसार पछिल्लो दुई दिनमा ६० भन्दा बढीको आकस्मिक मृत्यु भएको छ ।

चरम गर्मीका कारण ज्यान गुमाउनेहरुमा ज्येष्ठ नागरिकहरु बढी छन् । लिएटन शहरमा हिजो अहिलेसम्मकै बढी ४७ दशमलव ९ डिग्रि सेल्सीयस तापक्रम मापन गरिएको छ ।

अघिल्लो हप्तासम्म क्यानडाको कुनैपनि प्रान्तमा ४५ डिग्रिभन्दा बढी तापक्रम पुगेको थिएन । विज्ञहरुले गर्मी अझै केही दिन बढ्नसक्ने भएकोले सतर्क रहन अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल र चीनका ४६ र भारतको एकसहित ४७ वटा हिमताल विस्फोटको जोखिममा

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको मुख्य कारक कार्बन उत्सर्जनको

रास्वपाको ऊर्जा तथा जलस्रोत विभागको अग्रसरतामा चोभार गल्छीको भविष्यबारे नीतिगत संवाद

काठमाडौं । देशको जलस्रोत व्यवस्थापन र वातावरणीय संरक्षणका दृष्टिले अति संवेदनशील चोभार गल्छीको

गाजामा इजरायली हमलामा २३ जनाको मृत्यु

गाजा । गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा आठ बालबालिका

बङ्गलादेशका पूर्व शीर्ष प्रहरी मानवताविरुद्ध अपराधमा दोषी ठहर

ढाका । बङ्गलादेशका पूर्व प्रहरी प्रमुखले गत वर्ष प्रदर्शनकारीहरूमाथि गरिएको दमनका क्रममा मानवता