अस्ट्रियाको राजधानी भिएनामा आतङ्कवादी हमला, एकको मृत्यु, १५ घाइते



अस्ट्रियाको राजधानी भिएनामा आतंकवादीले हमला गरेका छन् । प्रहरीका अनुसार एउटा आतङ्कवादी हमलामा एकजना मारिएको पुष्टि भएको छ र अन्य १५ जना घाइते भएका छन् । राइफलसहित आएका व्यक्तिहरूले ६ वटा फरक स्थानमा गोली चलाएका प्रहरीले जनाएको छ । घटनालाई अस्ट्रियाका चान्सलर जेबास्टियन कुर्ट्सले एउटा घृणित आतङ्कवादी हमला भनेका छन् ।

एक हमलाकारी मारिएको र अर्का एकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । एउटा स्थानीय पत्रिकाका अनुसार घाइतेमध्ये यहुदीहरूको प्रार्थनास्थल सिनागगको सुरक्षा गरिरहेका एक सुरक्षाकर्मी पनि रहेका छन् । सामाजिक सञ्जालमा राखिएको भिडिओ फूटेजमा गोली चलिरहँदा मानिसहरू भागिरहेको देखिन्छ । स्थानीय बासिन्दालाई सार्वजनिक ठाउँमा ननिस्किन र यातायात प्रयोग नगर्न भनिएको छ ।

प्रहरीले एउटा प्रतिआतङ्कवादी कारबाही शुरू गरेको जनाइएको छ । घटनापछि मध्य भिएनाको ठूलो क्षेत्रलाई सुरक्षाकर्मीले घेरा हालेका छन् । चेक गणतन्त्रका प्रहरीले अस्ट्रियासँगको सिमानामा सुरक्षा जाँच शुरू गरेको जनाएका छन् ।

युरोपेली नेताहरूले भिएना हमलाबारे सुनेर स्तब्ध भएको बताउँदै आक्रमणको भत्र्सना गरेका छन् । युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिशेलले जीवन र मानवीय मान्यताको उल्लङ्घन गर्ने एउटा कायरतापूर्ण हमला भएको बताएका छन् ।

फ्रेन्च राष्ट्रपति एमानुएल माक्रोँले अस्ट्रियाका मानिसहरूको पीडामा आफ्नो मुलुक साथमा रहेको प्रतिक्रिया दिएका छन् । युरोपले हार नमान्ने आफूहरूका साझा शत्रुहरूले बुझ्नुपर्ने उनले टिप्पणी गरे । डच प्रधानमन्त्री मार्क रुटले आक्रमणलाई एउटा जघन्य कार्य भनेका छन् ।

जर्मन र इटालियन सरकारले युरोपमा देखिएको घृणाको विरोधमा अभिव्यक्ति दिएका छन् । ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले घटनाबारे सुनेर आफू निकै स्तब्ध भएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आन्दोलनमाथि घातक दमनको आदेश दिएको शेख हसिनाको अडियो सार्वजनिक

बीबीसी । बङ्गलादेशमा गतवर्ष विद्यार्थी नेतृत्वको आन्दोलनमाथि भएको प्राणघातक दमन तत्कालीन प्रधानमन्त्री शेख

बाढीले बगायो बागलुङको कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र

जतिसुकै सिट सङ्ख्या भएपनि यो संविधान र लोकतान्त्रिक गणतन्त्रको माओवादी संस्थापन होः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जतिसुकै सङ्ख्या भए पनि

स्वास्थ्य बीमा कार्यक्रममा आबद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता पाउने

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आबद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता पाउने भएका