भारतमा ६९ लाख संक्रमितमध्ये ५९ लाख संक्रमणमुक्त



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ६७ लाख ४४ हजार ३४९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ४८ हजार ६३० जना संक्रमित थपिएका छन् भने ६ हजार ४२४ को मृत्यु भएको वल्डोमिटरमा उल्लेख छ ।

योसँगै कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या १० लाख ६६ हजार ८१९ पुगेको छ । हालसम्म २ करोड ७६ लाख ६३ हजार ५ सय ५५ जना संक्रमणमुक्त भएका छन् ।

संक्रमितमध्ये ८० लाख १३ हजार बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६७ हजार ९ सय बढीको अवस्था गम्भीर रहेको छ । कोरोना संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ७८ लाख ३३ हजार ७ सय ६३ पुगेको छ ।

कोरोनाका कारण २ लाख १७ हजार ७३८ जनाको मृत्यु भएको छ भने ५० लाख २५ हजार भन्दाबढी मानिस निको भएका छन् । यस्तै, भारतमा संक्रमितको संख्या ६९ लाख ३ हजार ८१२ पुगेको छ ।

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ६ हजार ५२१ पुगेको छ भने ५९ लाख ३ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् । ब्राजिलमा ५० लाख २९ हजार ५ सय ३९ मानिस संक्रमित भएका छन् भने १ लाख ४९ हजार बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ४४ लाख १४ हजार ५ सय भन्दाबढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल र चीनका ४६ र भारतको एकसहित ४७ वटा हिमताल विस्फोटको जोखिममा

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको मुख्य कारक कार्बन उत्सर्जनको

रास्वपाको ऊर्जा तथा जलस्रोत विभागको अग्रसरतामा चोभार गल्छीको भविष्यबारे नीतिगत संवाद

काठमाडौं । देशको जलस्रोत व्यवस्थापन र वातावरणीय संरक्षणका दृष्टिले अति संवेदनशील चोभार गल्छीको

गाजामा इजरायली हमलामा २३ जनाको मृत्यु

गाजा । गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा आठ बालबालिका

बङ्गलादेशका पूर्व शीर्ष प्रहरी मानवताविरुद्ध अपराधमा दोषी ठहर

ढाका । बङ्गलादेशका पूर्व प्रहरी प्रमुखले गत वर्ष प्रदर्शनकारीहरूमाथि गरिएको दमनका क्रममा मानवता