सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक बस्दै, यस्तो छ तयारी



काठमाडौँ । पटक पटक स्थगित हुँदै आएको सत्तारुढ नेकपाको स्थायी कमिटि बैठक आज विहान ११ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बोलाइएको छ । पार्टीभित्रको विवादका कारण यसअघि पटक–पटक स्थगित हुँदै आएको बैठक आज भने बस्ने बताइएको छ ।

तर विवादित विषयमा नेताहरुबीच कुनै सहमति भने हालसम्म जुट्न सकेको छैन । अध्यक्ष पुष्पकमल दााल प्रचण्ड र वरिष्ठ माधवकुमार नेपाल समूहले अर्का अध्यक्ष केपी शर्मा ओलीले नमाने पनि मंगलबारको बैठक नरोक्ने बताएको छ । सोमबार प्रचण्ड नेपाल समूहले अब बैठक नरोक्ने रणनीति बनाएको छ ।

उनीहरुले आवश्यक परे केन्द्रीय समितिको बैठक समेत बोलाउने तयारी एकसाथ अघि बढाएका छन् । सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको शीर्ष नेताहरुको छलफलले ओलीले रोक्न चाहे पनि बैठक नरोक्ने निर्णय गरेको थियो ।

स्थायी समिति बैठकमा केपी ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने एजेण्डा प्रवेश गरेपछि असार १८ गतेदेखि सहमतिका भन्दै बैठक लगातार बैठक स्थगित हुँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विपी राजमार्गमा साँझ ५ बजेदखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक

काभ्रे । विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी साउन १ गतेदेखि रातिको समयमा १२ घण्टा

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटाएको छ ।

आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः महामन्त्री शर्मा

बारा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस एक्लै चुनाव लड्न सक्षम रहेकाले

भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री नियुक्त

काठमाडौं । नेकपा एमालेकी नेतृ भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा