नेकपाको स्थायी कमिटी बैठक साउन १३ गतेसम्मका लागि स्थगित



काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक साउन १३ गतेसम्मका लागि स्थगित गरिएको छ । मंगलबार केही समय बसेको बैठकले बाढी र पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिँदै १३ गतेसम्मका लागि स्थगित गरिएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले बाढी पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्ने प्रस्ताव पास गरेको जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थिथित भएका थिएनन् । स्थायी कमिटी बैठक अघि ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो ।

स्थायी कमिटीको चौथो बैठकबाट पारित प्रस्ताव

गत २०७७ साल जेठ ३० गते मनसुन सुरु भए यता भएको लगातारको बर्षाका कारण देशमा विभिन्न भूभाग बाढी, पहिरो र डुबानबाट आक्रान्त भएका छन् । बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्तिको कारण साउन ६ गतेसम्म २३३ जनाको ज्यान गएको छ, ९८ जना बेपत्ता भएका छन् भने ९९ जना घाइते भएका छन् । २८२ भन्दा बढी घरहरू पूर्ण रुपले क्षतिग्रस्त भएका छन् । सयौँ परिवार घरबारब्हिीन र ब्स्थिापित भएका छन् । तराईका विभिन्न भूभागहरू डुबानमा परेका छन् । राजमार्ग र अन्य सडक तथा पुलहरु क्षतिग्रस्त हुँदा आवागमन अवरुद्ध भएको छ ।

स्थायी कमिटीको यो बैठक प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछ, शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । प्राकृतिक विपत्तिको यस अवस्थालाई ध्यानमा राख्दै उद्दार र राहतका कामलाई अझ प्रभावकारी बनाउन, घाइतेहरूको निःशुल्क र भरपर्दो उपचारको प्रब्न्ध गर्न, घरबारविहीन भएकाहरूलाई अस्थायी आवासको प्रबन्ध गर्न र अभिभावक गुमाएका बालबालिकाहरूको संरक्षणका लागि विशेष प्रबन्ध गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ । क्षतिग्रस्त सडक तथा पुलहरु तत्काल मरम्मत गरी आवागमन चालु गर्न आग्रह गर्दछ ।

सम्पूर्ण जनप्रतिनिधि, पार्टी कार्यकर्ता एवं युवा विद्यार्थीहरूमा प्राकृतिक विपत्तिका बेला स्वयंसेवी भावनाका साथ उद्दार, राहत र पुनस्र्थापनाका काममा परिचालित हुन आह्वान गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रोल्पाको थबाङमा जीवन शर्माको ‘सिमली छायाँमा…’ प्रचण्डको छमछमी(भिडियोसहित)

रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

ग्लोबल छनोटमा पुग्न सफल नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । आईसीसी महिला

गृह मन्त्रालयका सहसचिव भट्टराई हाजिरी जमानीमा रिहा

काठमाडौँ । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई रिहा भएका छन् । अख्तियार दुरुपयोग

प्रचण्ड रोल्पाको थबाङ पुग्दा…

रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल