पछिल्लो २४ घण्टामा विश्वमा २ लाख १६ हजारभन्दा बढीलाई कोरोना संक्रमण



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १ करोड ३४ लाख ५७ हजार ४ सय ५८ पुगेको छ । वल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा २ लाख १६ हजारभन्दा बढी संक्रमित थपिएका छन् । संक्रमितमध्ये ५ लाख ८१ हजार २ सय २१ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ५० हजारभन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । हालसम्म निको भएका ७८ लाख ४७ हजार २ सय २६ जना संक्रमितमध्ये १ लाख ५० हजार २५ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।

यस्तै, कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९७ हजार २७६ जना, उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ८८ हजार ९७६ जना, एसियाली मुलुकहरूमा २७२ हजार ६१८ जना र दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ८ हजार ३ सय जनाको मृत्यु भएको छ ।

यस्तै, अफ्रिकी मुलुकहरूमा १३ हजार ८०३ जना र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १३० जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ३५ लाख ४५ हजार ७७ पुगेको छ । जसमध्ये १ लाख ३९ हजार १ सय ४३ जनाको मृत्यु भएको छ ।

यस्तै, ब्राजिलमा १९ लाख ३१ हजार २ सय ४ जना संक्रमित भएका छन् भने ७४ हजार २ सयभन्दा बढीको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा ९ लाख ३७ हजार ४ सय ८७ जना संक्रमित भएका छन् । संक्रमितमध्ये २४ हजार ३ सय १५ जनाको मृत्यु भएको छ । अहिलेसम्म संक्रमितमध्ये ५ लाख ९३ हजार ८९ जना संक्रमणमुक्त भएका छन् भने ३ लाख २० हजार ९२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्राधिकरणले भन्यो-गौतमबुद्ध विमानस्थलका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण मन्त्रिपरिषदको निर्णय बमोजिम

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक पर्ने

मन्त्रिपरिषद बैठकद्वारा बेपत्ता छानबिन र सत्यनिरुपण आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं । सरकारले पूर्वमुख्यसचिव लीलादेवी गड्तौलालाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा नियुक्त

लगानी बोर्ड बैठकद्वारा अर्थमन्त्रीको संयोजकत्वमा सार्वजनिक–निजी साझेदारी परियोजना प्राथमिकीकरण समिति गठन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले परियोजनाहरूको प्राथमिकीकरण

वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने

फ्रान्कफुर्ट । जर्मनीको अर्थतन्त्र सन् २०२५ मा ०.२ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको