काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वार्ता निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीचको वार्ता कुनै सहमति नगरी टुंगिएको हो ।
आफू निकट नेताहरूसहित छलफलमा बसेका दुई अध्यक्ष सोमबारका लागि बोलाइएको स्थायी कमिटी बैठक अघि फेरि बस्ने वार्तामा सहभागाी नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले जानकारी दिएका छन् । दुई अध्यक्षबीच राष्ट्रपतिलाई महाभियोग लगाउन षडयन्त्र भइरहेको भन्ने प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे पनि छलफल भएको थियो ।
त्यसक्रममा प्रचण्डले पार्टीभित्रको विवादमा राष्ट्रपतिलाई नजोड्न प्रधानमन्त्रीलाई सझुाव दिएका थिए । बैठकमा ईश्वर पोखरेल, विष्णु पौडेल, वर्षमान पुन, शंकर पोख्रेल, जनार्दन शर्मा पनि सहभागी थिए । यसअघि शनिबारका लागि बोलाइएको बैठक सहमति खोज्न भन्दै दुई दिनका लागि स्थगित गरिएको थियो । तर यसबीचमा पनि दुई अध्यक्षबीच सहमति नहुँदा विवाद समाधान हुने सम्भावना कम हुँदै गएको छ ।
दुई अध्यक्ष बीचको वर्ता अघि नेकका शीर्ष नेताहरु राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए । भेटमा उनीहरुले राष्ट्रपतिलाई महाभियोग लगाउने हल्ला निराधार भएको भन्दै प्रधानमन्त्रीका गलद कदममा साथ नदिन आग्रह गरेका थिए ।

प्रतिक्रिया