विश्वमा एक करोड मानिसलाई कोरोना संक्रमण, ५७ हजारको अवस्था गम्भीर



विश्वमा कोरोनाभाइरसबाट संक्रमित हुनेहरुको संख्या एक करोड नाघेको छ । महामारीको रुपमा फैलिएको भाइरसबाट विश्वभरी एक करोड ८१ हजार ५ सय ४५ जना संक्रमित भएका छन् । संक्रमित मध्ये ५ लाख १ हजार २ सय ९८ जनाको मृत्यु भएको छ ।

यसैगरी संक्रमितको आधा भन्दा बढी ५४ लाख ५८ हजारबढी कोरोनालाई जित्न सफल भएका छन् । वल्डोमिटरको तथ्याङ्क अनुसार अझैपनि विश्वभर ४१ लाख २१ हजार भन्दाबढी मानिसहरु कोरोनाभाइरसको उपचार गराइरहेका छन् । उनीहरुमध्ये ९९ प्रतिशत अर्थात ४० लाख ६४ हजारको अवस्था सामान्य छ भने ५७ हजार ७ सय जनाको अवस्था गम्भीर रहेको छ ।

संक्रमण शुरु भएको ६ महिना बितिसक्दा अझैपनि दैनिक डेढ लाख बढी संक्रमित थपिइरहेका छन् भने ४ हजार हाराहारीमा दैनिक मृत्यु भइरहेको छ । कोरोनाभाइरसकै कारण विश्वमा सबैभन्दा बढी अमेरिकामा सङ्क्रमित र मृत्यु भएका छन् ।

अमेरिकामा हालसम्म २५ लाख ९६ हजार बढी मानिसहरु संक्रमित भएका छन् भने १ लाख २८ हजार बढीको मृत्यु भइसकेको छ । यस्तै, ब्राजिलमा ५७ हजार बढी, बेलायतमा ४३ हजार ५ सय, इटलीमा ३४ हजार ७ सय , फ्रान्समा २९ हजार ७ सय, स्पेनमा २८ हजार ३ सय, मेक्सिकोमा २५ हजार ७ सय, भारतमा १६ हजार १ सय र इरानमा १० हजार ३ सय बढीको मृत्यु भएको छ ।

हालसम्म कुनै औषधि पत्ता लागिनसकेको कोरोनाभाइरस विरुद्धको भ्याक्सिन बनाउन विश्वभर १ सय २० भन्दा बढी संस्था लागिरहेका छन् । यसैबर्षको अन्त्यसम्ममा भ्याक्सिन बनाएर जनजीवन सामान्य बनाउनका लागि अनुसन्धानकर्ता वैज्ञानकहरु तल्लिन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिस्टम नै गिजोलेपछि कुर्सीमा मान्छे फेरेर के हुन्छ र ?

-नारायण गाउँले । देश नै मजाकजस्तो, हास्यव्यङ्ग्यजस्तो र सिमलभुवाजस्तो बन्दै गयो । न

चन्द्रागिरिको कपडा गोदाममा आगलागी

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ सतुंगल चोक स्थित कपडा पसल

सगरमाथा संवादमा सहभागी हुन चिनियाँ प्रतिनिधिमण्डल काठमाडौंमा

काठमाडौँ । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणका

पाकिस्तान र इरानबाट पाँच दिनमा करिब १६ हजार अफगान शरणार्थी स्वदेश फर्किए

काबुल । अफगानिस्तानको उच्च आयोगले जानकारी दिएको अनुसार, पछिल्लो पाँच दिनको अवधिमा पाकिस्तान