दिल्लीमा सङ्क्रमितको उपचारका लागि रेलका डिब्बा प्रयोग !



कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या तीव्र गतिमा वृद्धि भइरहेको अवस्थामा भारतको राजधानी दिल्लीमा थप ८,००० शैय्या तयार गर्न रेलका ५०० डिब्बा प्रयोग गरिने भएको छ । गृहमन्त्री अमित शाहले कोभिड १९ परीक्षणमा व्यापक वृद्धि लगायत दिल्लीका लागि आपत्कालीन उपायहरूको प्याकेज घोषणा गरेका छन् ।

हालको सङ्कटबारे उनले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसँग छलफल गरेका थिए । भारतमा प्रतिदिन करिब १२ हजार नयाँ सङ्क्रमण पुष्टि भइरहेका छन् । भारत अहिले अमेरिका, ब्रजिल र रुसपछि सङ्क्रमितहरूको सङ्ख्याका हिसाबले विश्वकै चौथो स्थानमा छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सङ्क्रमणका कारण भारतमा हालसम्म मृत्यु हुनेहरूको सङ्ख्या ९ हजार नाघेको छ । द हिन्दुस्तान टाइम्स पत्रिकाका अनुसार महाराष्ट्र र तामिलनाडुपछि दिल्ली तेस्रो धेरै प्रभावित राज्य हो ।

राज्य सरकारले ४० होटल र ७७ ब्याङ्क्वेट हलहरूमा अस्थायी अस्पताल निर्माण गर्ने योजना बनाएको छ । भारतले लकडाउनका कारण रेलसेवा स्थगित गरेसँगै गत अप्रिल महिनाबाट रेलका डिब्बाहरूलाई क्वारन्टीन वा आइशोलेसन वार्ड अर्थात् अलग्गै राख्ने स्थान बनाउन शुरू गरेको थियो ।

गत महिना सङ्घीय सरकारले मार्च २५ बाट शरू गरिएको लकडाउन अन्त्य गर्ने योजना सार्वजनिक गरेको थियो । भारतमा प्रतिबन्धात्मक व्यवस्थाहरू खुकुलो पारिएसँगै सडक र हवाई यात्रामा वृद्धि भएको छ भने थुप्रै व्यवसायका साथै कार्यस्थलहरू खुलेका छन् । बजारमा भिड देखिन थालेको छ। लकडाउनले भारतमा ठूलो आर्थिक क्षति पुर्याएको बताइन्छ । करोडौँ मानिसले रोजगारी गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आजदेखि ‘सगरमाथा संवाद ’, १७५ विदेशी पाहुना काठमाडौँमा

काठमाडौं ।  जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा

पाँच लाख ७० हजार घुससहित इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौँ । सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुंगामा कार्यरत इन्जिनियर सन्तोषकुमार

श्रृङ्खलाबद्ध हत्या अभियोगमा दोषी ठहर भएका रोजर्सलाई मृत्युदण्ड

मियामी । अमेरिकाको दक्षिणी राज्य फ्लोरिडामा ‘क्रस कन्ट्री किलर’ भनेर चिनिने ६२ वर्षीय

गाजामा भएको इजरायली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १०० पुग्यो

गाजा । गाजामा इजरायली आक्रमणबा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको प्यालेस्टिनी उद्धारकर्ताहरूले