इटलीमा कोरोना भाइरसबाट ४ सय ६३ को मृत्यु, सङ्क्रमण रोकथाम गर्न ६ करोड मानिसलाई घरमै बस्न निर्देशन



कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्न इटलीले देशभरि आपत्कालीन उपायहरू विस्तार गरेको छ। सरकारले देशव्यापी रूपमा सार्वजनिक भेलामा प्रतिबन्ध लगाएको छ भने हिँडडुल गर्न कडाइ गरेको छ।

इटलीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले आफ्ना नागरिकहरूलाई घरभित्रै बस्न र अत्यावश्यक यात्रा गर्नुपरे अनुमति लिन आग्रह गरेका छन्।

सोमवार इटलीमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ३६६ बाट बढेर ४६३ पुगेको छ। इटलीमा चीनपछि सर्वाधिक मानिस सङ्क्रमित भएका छन्। आधिकारिक तथ्याङ्कानुसार आइतवार सङ्क्रमित मानिसको सङ्ख्या पनि २४ प्रतिशतले बढेको छ।

इटलीका २० वटै क्षेत्रमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ। यसअघि सङ्क्रमण फैलिएको लोम्बार्डीसहित अन्य क्षेत्रमा झन्डै एक करोड ६० लाख मानिसलाई अनिवार्य क्वारन्टीनमा राखिएको थियो।

प्रधानमन्त्रीले अत्यधिक जोखिममा रहेका मानिसको सुरक्षाको निम्ति उक्त कदम उठाइएको बताए। आफ्नो टेलिभिजन सम्बोधनमा उनले भने, “अब हामीसँग धेरै समय छैन।”

प्रधानमन्त्री कोन्टेले इटलीको प्रचलन परिवर्तन हुनुपर्ने उल्लेख गर्दै सबै मानिस घरभित्रै रहनु नै उत्तम विकल्प भएको बताए।

सङ्क्रमण र मृत्यु हुनेको सङ्ख्या निकै बढिरहेको बताउँदै उनले भने, “हामीले इटलीको राम्रोको निम्ति केही न केही दिनैपर्छ। अब हामीले त्यो गर्नुछ। आपसी सहयोग गर्‍यौँ र अपनाइएका थप उपायहरू पालना गर्‍यौँ भने हामी त्यसमा सक्षम हुनेछौँ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टेक्सास बाढीमा १६० जनाभन्दा बढी बेपत्ता

हन्ट । टेक्सासमा विनाशकारी बाढीपछि एक सय ६० भन्दा बढी मानिस बेपत्ता भएको

चरोमुसोले पनि नपढ्ने कोर्स पढ्न १५-२० लाख खर्चेर विदेश आउनु बुद्धिमानी होइन

-नारायण गाउँले । कृपया तीन पल्ट सोच्नुहोला । पहिलो त शारीरिक र मानसिक

आन्दोलनमाथि घातक दमनको आदेश दिएको शेख हसिनाको अडियो सार्वजनिक

बीबीसी । बङ्गलादेशमा गतवर्ष विद्यार्थी नेतृत्वको आन्दोलनमाथि भएको प्राणघातक दमन तत्कालीन प्रधानमन्त्री शेख

बाढीले बगायो बागलुङको कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र