द्वन्द्वका सबै घटनामा आममाफी होस् भन्ने सोच छैनः प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले भविष्यमा द्वन्द्व दोहोरिन नदिन सत्यतथ्य छानबिन गर्नैपर्ने बताएका छन् । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतबार बुद्धिमान पाख्रिनको १७ औँ स्मृतिका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

द्वन्द्वमा जघन्य अपराध गर्ने दोषीलाई कारवाही र पीडितलाई परिपूरणकै निम्ति सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरिएको भन्दै उनले यस्ता खालका द्वन्द्व भविष्यमा नदोहोरियोस् भनेर पनि सत्यतथ्य छानबिन गर्नैपर्ने बताए ।

दुई आयोगसम्बन्धी ऐन संशोधनको तयारीमा रहेको र पदाधिकारी छिट्टै पठाउने तयारी भएको जानकारी दिँदै उनले सबै घटनामा आममाफी होस् भन्ने सोच नभएको बताए ।

अध्यक्ष प्रचण्डले द्वन्द्वका घटनालाई आममाफी दिने प्रस्ताव आउँदा आफूले अन्तरिम संविधान निर्माणका क्रममा हुन्न भनेर सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग बनाउने प्रस्ताव गरेको बताए । उनले भने, ‘ममाथि पनि धेरै मुद्दाहरु छन्, ती सबैको सत्यतथ्य होस् भन्ने चाहन्छु ।’

अध्यक्ष प्रचण्डले अहिले पार्टी एकता भइसकेको भए पनि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच द्वन्द्व नभएको र आपसमा लडाइँ पनि नभएको उल्लेख गर्दै पञ्चायत र राजतन्त्रविरुद्ध सँगै लडेको स्मरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणले थाल्यो पहल

काठमाडौं।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल थालिएको छ । उक्त विमानस्थललाई सञ्चालनार्थ

चन्द्रवीरले खनेको त्यो बाटो…

तुलसीपुर (दाङ) । श्रीमतीसँगै छोराहरु पनि दृष्टिविहीन भएपछि आवतजावत गर्नै कठिन भयो ।

नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना

काठमाडौँ । अभिनेत्री मनिषा कोइरालाले नेपाली चलचित्रमा काम गर्ने चाहना रहेको बताएकी छन्

दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रणबाहिर

घोराही । दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा आगलागी भएको छ ।