कांग्रेसले भन्यो -सीमा समस्या समाधान गर्ने जिम्मेवारी प्रधानमन्त्रीलाई



काठमाडौं । नेपाली काँग्रेसले भारतसँगको सीमा समस्या समाधानका लागि उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेको छ ।

नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले पत्रकार सम्मेलन गरी सीमा समस्या समाधानका लागि परिणाममुखी पहल गर्न सरकारलाई आग्रह गरेका हुन् । उनले सीमा समस्या समाधान गर्ने जिम्मेवारी सबै राजनीतिक दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको पनि बताए ।

उनले आफ्नो पार्टीले प्रधानमन्त्री ओलीले जिम्मेवारी पूरा गर्ने हुन वा होईनन् भन्ने कुरा नियाली रहेको बताए । ‘राष्ट्रिय एकता निर्माण भएको यो ऐतिहासिक कालखण्डमा भारतसँगको सीमा समस्या समाधानका लागि परिणाममुखी उच्चस्तरको कूटनीतिक तथा राजनीतिक पहल गर्न सरकार सक्षम हुने विश्वास आफ्नो पार्टीले लिएको छ,’ प्रवक्ता शर्माले भने,‘प्रधानमन्त्री ओलीले सो जिम्मेवारीलाई कसरी पूरा गर्नुहुन्छ ? आफ्नो पार्टीले सतर्कताका साथ नियाली रहेको छ ।’

प्रवक्ता शर्माले मुलुकको राष्ट्रियता, लोकतन्त्र, संघीयता र समृद्धिको अभियानमा सरकारलाई आफ्नो पार्टीको सदा साथ रहने प्रतिवद्धता पनि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणले थाल्यो पहल

काठमाडौं।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल थालिएको छ । उक्त विमानस्थललाई सञ्चालनार्थ

चन्द्रवीरले खनेको त्यो बाटो…

तुलसीपुर (दाङ) । श्रीमतीसँगै छोराहरु पनि दृष्टिविहीन भएपछि आवतजावत गर्नै कठिन भयो ।

नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना

काठमाडौँ । अभिनेत्री मनिषा कोइरालाले नेपाली चलचित्रमा काम गर्ने चाहना रहेको बताएकी छन्

दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रणबाहिर

घोराही । दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा आगलागी भएको छ ।