पाकिस्तानमा रेलमा आगो लाग्दा मृत्यु हुनेको संख्या ७३ पुग्यो



पाकिस्तानको कराची सहरबाट लाहोरतर्फ गइरहेको यात्रुवाहक रेलमा आगलागी हुँदा कम्तीमा ७३ जना मारिएको बताइएको छ।

पाकिस्तान रेलवेको तेजगाम एक्सप्रेसमा लियाकतपुर भन्ने ठाउँमा पुग्दा तीनवटा डिब्बामा आगलागी भएको थियो। स्थानीय प्रहरी अधिकारीका अनुसार कम्तीमा ७३ जना मारिएको पुष्टि भएको छ भने अरू ३० जना घाइते भएका छन्।

रेलमन्त्री शेख रशिद अहमदका अनुसार यात्रीहरूको साथमा खाना पकाउने सामान, सिलिन्डर तथा स्टोभ थिए। रेलमा सिलिन्डर विस्फोट भएर आगलागी भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

ती सञ्चारमाध्यममा उद्धृत गरिएका अधिकारीहरूका अनुसार जलिरहेको रेलबाट हाम फाल्न खोज्दा कतिपय मानिसको मृत्यु भएको थियो।

अधिकारीहरूका अनुसार हताहत हुने मानिसको सङ्ख्या अझ बढ्न सक्नेछ। “दुईवटा स्टोभ पड्किए। उनीहरू खाना पकाउँदै थिए। उनीहरूको साथमा तेल पनि थियो जसले आगो झन् फैलन पुग्यो,” रेलमन्त्रीले भने।

हताहत हुनेमध्ये एउटा धार्मिक कार्यक्रममा सहभागी हुन जान लागेको एउटा समूहका मानिसहरू भएको उनले बताए।

मन्त्रीका अनुसार लामो दुरीको यात्रामा रेलयात्रुहरू स्वयंले खाना पकाउन स्टोभ पनि ल्याउने गरेका छन्।दुर्घटनास्थल पन्जाब प्रान्तको दक्षिणस्थित रहिम यार खान नगरनजिकै रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खड्का गाउँमा भएको हत्याको घटनामा संलग्न रहेको अभियोगमा १६ जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको खड्का गाउँमा सोमबार साँझ एक जनाको हत्या भएको घटनामा

राजसंस्था, हिन्दूराष्ट्रको पक्ष र संघीयताको विपक्षमा हुने जुनसुकै आन्दोलनमा राप्रपाको समर्थन रहने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलन घोषणा गरेको छ । मंगलबार काठमाडौंमा बसेको

ट्रम्पको तेलमा कर लगाउने धम्कीपछि भेनेजुएलामा अमेरिकी हस्तक्षेपको चीनद्वारा निन्दा

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाबाट तेल र ग्यास

सुडानको डार्फर बजारमा सेनाको आक्रमण, सयौँको मृत्यु

खार्तुम । एक सुडानी युद्ध निगरानी समूहले मङ्गलबार सेनामाथि देशको पश्चिमी डार्फर क्षेत्रमा