महिनावारीको समयमा हुने विभेदबिरुद्ध पूर्वमिस नेपालहरुले थाले अभियान



काठमाडौं । महिनावारीको समयमा हुने भेदभावबिरुद्ध शनिबार काठमाडौँमा कार्यक्रमको आयोजना गरिएको छ । पूर्व मिसन नेपालहरुको समूहले महिनावारीको समयमा हुने भेदभाव बिरुद्धको अभियान सुरु गरेका हुन् ।

महिनावारीको समयमा परिवार समाजमा हुनेभेदभाव, विद्यालयमा शौचालयको अभाव, प्याड उपलब्ध नहुने कारणले पढाई नै छोड्नु पर्ने अवस्था कम गर्न अभियान थालेको पूर्व मिस नेपाल सुगारिका केसीले जानकारी दिइन् ।

कार्यक्रममा संकलन हुने रकमले दुर्गम क्षेत्रका बिद्यालयमा स्यानिटरी प्याडको वितरण गर्ने र व्यबस्थित शौचालय बनाउने उनले बताइन् । पूर्वमिस नेपालहरुको समुहले मितिनी नामको गैरसरकारी संस्थासँग मिलेर देशभरि अभियान संचालन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोरखामा आठ महिनामा १३३ जनामा क्षयरोग सङ्क्रमण

गोरखा ।  गोरखामा आठ महिनाको अवधिमा जिल्लाभर एक सय ३३ जनामा क्षयरोग पहिचान

रसुवा जिल्ला अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया सुरु

रसुवा । रसुवा जिल्ला अस्पतालले शुक्रबारदेखि एपेन्डिसाइटिसको शल्यक्रिया सुरू गरेको छ । ‘निक्स

सर्लाहीको लालबन्दीका १९ वटा स्वास्थ्य संस्था बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको लालबन्दी नगरपालिकास्थित लालबन्दीचोक र नवलपुरचोकमा

श्रम ऐनले तोकेबमोजिम तलब नदिने निजी अस्पतालको सम्बन्धन खारेज गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

नेपालगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पूर्वविशिष्टहरुलाई सुविधा दिन नहुने बताएका छन्