कात्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधि खुवाइने



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस आर्थिक वर्षको पहिलो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम कात्तिक २ र ३ गते गर्ने भएको छ।

पहिलो चरण अन्तर्गत ७५३ वटै पालिकाको ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ।

साथै शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन लागू भएका जिल्लाहरुमा पाँच वर्ष मुनिका बालबालिकालाई ‘एमयुएसी’ टेपबाट पोषण स्थिति लेखाजोखा एवं ६ देखि २३ महिनाका बालबालिकालाई बहुसूक्ष्म पोषक तत्व बालभिटा वितरण गर्ने कार्यक्रम मन्त्रालयले गर्ने भएको छ।

स्वास्थ्य मन्त्रालयले पत्रमा स्थानीय तहबाट सहयोग समन्वय तथा प्रचारप्रसार तथा आवश्यक सहजीकरणको लागि अनुरोध समेत गरेको छ। साथै समन्वयका लागि संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई समेत पत्राचार गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा थापा नियुक्त

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन् ।

मस्कुलर डिष्ट्रोफीको कार्ययोजना बनाउन डा. अग्रवालको संयोजकत्वमा सुझाव समिति गठन

काठमाडौँ। मानिसको मांसपेशी कमजोर बनाउने जटिल रोग ‘मस्कुलर डिष्ट्रोफी’को पहिचान, उपचार, रोकथाम एवं

गोरखामा आठ महिनामा १३३ जनामा क्षयरोग सङ्क्रमण

गोरखा ।  गोरखामा आठ महिनाको अवधिमा जिल्लाभर एक सय ३३ जनामा क्षयरोग पहिचान

रसुवा जिल्ला अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया सुरु

रसुवा । रसुवा जिल्ला अस्पतालले शुक्रबारदेखि एपेन्डिसाइटिसको शल्यक्रिया सुरू गरेको छ । ‘निक्स