कामना सेवा विकास बैंकले व्यवसायीलाई सहुलियतपूर्ण कर्जा दिने



काठमाडौं । कामना सेवा विकास बैंकले अल पसल पब्लिक लिमिटेडमा आवद्ध व्यवसायीहरुलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैंकले नेपाल राष्ट्र बैकद्वारा तोकिएको मापदण्डको अधीनमा रहि उक्त व्यवसायीहरुलाई सहुलियतपूर्ण कर्जा दिने भएको हो ।

सो सम्बन्धि बैंक र अल पसल पब्लिकबीच द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । आर्थिक अभिमुखीकरण तथा स्वरोजगारमूलक व्यवसायको विकास तथा प्रवर्धन गर्ने उद्देश्यका साथ सहुलियतपूर्ण कर्जाको माध्यमबाट लक्षित वर्गको आय आर्जन वृद्धिका लागि उक्त समझदारी भएको हो ।

यस समझदारी पत्रमा कामना सेवा विकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र अल पसल पब्लिक लिमिटेडको तर्फबाट अध्यक्ष झविन्द्र पन्थीले कामना सेवा विकास बैंकमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शेयर बजारमा २५ अंकको वृद्धि

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से दोहोरो अंकले

कृषिमा पकेट क्षेत्र तोकिएसँगै तिलोत्तमाका कृषक लाभान्वित

तिलोत्तमा (रुपन्देही) । रुपन्देहीको तिलोत्तमा–१४ का कृषक नरिश्वर सापकोटा पहिले करिब पाँच बिघामा

बाँझिएका बारीहरुमा उखुखेती लगाउँदा…

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका –४ दिगामका कृषकले व्यावसायिक उखुखेती गरेर राम्रो आम्दानी

रसुवामा बाढीले क्षतिग्रस्त संरचना निर्माण गरी विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन इप्पानको आग्रह

काठमाडौं  । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले गत मङ्गलबार बिहान चीनको