प्रभु क्यापिटल र समृद्धि क्यापिटलको एकीकृत कारोबार सुरु



काठमाडौं । प्रभु क्यापिटल र समृद्धि क्यापिटल गाभिएर सोमबारबाट एकीकृत कारोबार सुरु गरेका छन् । मर्चेन्ट बैंकरको रुपका कार्यरत दुई संस्था गाभिएपछि नाम प्रभु क्यापिटल नै राखिएको छ । मर्जरपछि कम्पनीको अधिकृत पूँजी १ अर्ब र चुक्ता पूँजी ८१.७१ करोड भएको छ ।

एकीकृत कारोबारको उद्घाटन गर्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले प्रभु क्यापिटलले गुणस्तरीय सेवाप्रदान गरी पूँजीबजारमा महत्वपूर्ण योगदान दिने बताए । आफ्नो क्षमता र योग्यता देखाउन सक्ने संस्था मात्र बजारमा रहन सक्ने वास्तविकता औल्याउँदै प्रभु क्यापिटलले पनि पूँजीबजारमा आफ्नो दरिलो स्थान बनाउने ढुङ्गानाले बताए ।

प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले देशको राजनीतिक अवस्थाले आर्थिक क्षेत्रमा प्रभाव पर्ने बताउँदै आर्थिक क्षेत्रको विकासका लागि स्थीर सरकार र आर्थिक क्षेत्र प्रति सकारात्मक र बलियो धारणा राख्ने सरकार हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लेखा र अर्थ समितिको दुईथरी निर्देशनले सेबोन अन्यौलमा

काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन हतार नगर्न सुझाव

शेयर बजारमा २५ अंकको वृद्धि

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से दोहोरो अंकले

कृषिमा पकेट क्षेत्र तोकिएसँगै तिलोत्तमाका कृषक लाभान्वित

तिलोत्तमा (रुपन्देही) । रुपन्देहीको तिलोत्तमा–१४ का कृषक नरिश्वर सापकोटा पहिले करिब पाँच बिघामा

बाँझिएका बारीहरुमा उखुखेती लगाउँदा…

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका –४ दिगामका कृषकले व्यावसायिक उखुखेती गरेर राम्रो आम्दानी