हवाई क्षेत्र सुधारका लागि एडिबीद्वारा ६ अर्ब रुपैयाँ ऋण सहायता



काठमाडौं । हवाई क्षेत्र सुधारका लागि एसियाली विकास बैंकले नेपाललाई ६ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराएको छ । बिहीबार नेपाल सरकार र बैंकबीच उक्त ऋण कार्यान्वयन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता पत्रमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका कन्ट्री म्यानेजर मुख्तर खामुदखानोवले हस्ताक्षर गरेका छन् ।

यो ऋण सम्झौता खासगरी नीतिगत सुधारको क्षेत्रमा प्रयोग हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक संस्थाका रुपमा छुट्याउने तयारी सरकारले गरिरहेको छ । प्राधिकरणको विभाजनबाट नेपालमा हवाई सुरक्षा अभिवृद्धि हुने र क्षमता समेत विकास हुने अपेक्षा गरिएको छ । नेपाल सन् २०१३ यता यूरोपेली यूनियनको कालोसुचीमा रहेको छ ।

यसबाट मुक्त पाउन समेत यो कार्य अनिवार्य छ । सरकारले एसियाली विकास बैंकबाट प्राप्त यो ऋण नीतिगत सुधारमा प्रयोग गर्ने बताएको छ । नेपालको नागरिक उड्डयन क्षेत्रमा सबैभन्दा ठूलो सहायता एसियाली विकास बैंकबाट भइरहेको छ ।

त्रिभुवन विमानस्थलको क्षमता बिस्तार, भैरहवा अन्तराष्ट्रिय विमानस्थलको निर्माणसमेत एसियाली विकास बैंककै ऋण सहायतामा अगाडी बढेका परियोजना हुन् ।

कार्यक्रममा सहसचिव नेपालले नेपालको हवाई सुरक्षा अभिवृद्धिमा यो सहायता महत्वपूर्ण सावित हुने बताए । एसियाली विकास बैंकका कन्ट्री म्यानेजर मुख्तर खामुदखानोवले विमानस्थलहरुको कमजोर सेवा सुधार, नीतिगत सुधारका माध्यमबाट नेपालको अर्थतन्त्रमै सहयोग पुग्ने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शेयर बजारमा २५ अंकको वृद्धि

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से दोहोरो अंकले

कृषिमा पकेट क्षेत्र तोकिएसँगै तिलोत्तमाका कृषक लाभान्वित

तिलोत्तमा (रुपन्देही) । रुपन्देहीको तिलोत्तमा–१४ का कृषक नरिश्वर सापकोटा पहिले करिब पाँच बिघामा

बाँझिएका बारीहरुमा उखुखेती लगाउँदा…

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका –४ दिगामका कृषकले व्यावसायिक उखुखेती गरेर राम्रो आम्दानी

रसुवामा बाढीले क्षतिग्रस्त संरचना निर्माण गरी विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन इप्पानको आग्रह

काठमाडौं  । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले गत मङ्गलबार बिहान चीनको