सार्वजनिक खरिद ऐन निर्माणमैत्री बनाउन माग गर्दै निर्माण व्यवसायी धर्नामा



काठमाडौं । सार्वजनिक खरिद ऐन निर्माणमैत्री बनाउन सरकारलाई दवाव दिँदै आएका निर्माण व्यवसायीहरुले शुक्रबार सार्वजनिक खरिद अनुगमनको कार्यालयमा धर्ना दिएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा काठमाडौंको ताहाचालस्थित कार्यालयमा पुगेका निर्माण व्यवसायीहरुले सार्वजनिक खरिद ऐन निर्माणमैंत्री बनाउन दवाव दिँदै एक घण्टा धर्ना दिएका हुन् ।

सार्वजनिक खरिद नियमावली–२०७६ मा गरिएको निर्माण कम्पनीहरुको म्याद थप र बैंक क्रेडिट लाईनसम्बन्धि व्यवस्था तत्काल संशोधन गर्न माग गर्दै उनीहरुले सरकारविरुद्ध आन्दोलन गर्दै आएका छन् । उनीहरुले कार्यालयका सचिव मोहनकृष्ण सापकोटालाई भेटेर आफूहरुको समस्या समाधानका लागि सरकारसँग सहजीकरणको भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

महासंघका अध्यक्ष रवि सिंहले आफूहरुको समस्या समाधानका लागि तत्काल वार्ता समिति गठन गर्न पनि अनुगमन कार्यालयको ध्यानाकर्षण गराएको जानकारी दिए ।

सचिव सापकोटाले सो ऐन संशोधन गरेर निर्माण व्यवसायीहरुको माग सम्बोधन गर्न सहजीकरणको भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइएमई ग्रुप र आइएक्सआइ कर्पको लगानीमा काठमाडौँ टेक्निकल स्कुल सञ्चालन

काठमाडौं । आइएमई ग्रुप र आइएक्सआइ कर्पले संयुक्त रुपमा काठमाडौं टेक्निकल स्कुल (केटिएस) सञ्चालनमा

५५ अंकले घट्यो शेयर बजार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से उच्च अंकले घटेको छ

तीन महिनापछि भोजपुरमा उडान सुरु

भोजपुर ।  बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका–१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु

कृषिमन्त्री भन्छन्-अब कृषि अनुदानको दुरुपयोग हुँदैन

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा अनियमितता हुने