शिवम् सिमेन्टलाई ‘एनएस क्वालिटी अवार्ड’



काठमाडौं । शिवम् सिमेन्ट उद्योगले सरकारले प्रदान गर्ने ‘एनएस क्वालिटी अवार्ड’ हात पारेको छ । शिवम् सिमेन्ट उद्योग नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रदान गरिने सो अवार्ड हात पार्न सफल भएको हो ।

सो अवार्ड नेपाल गुणस्तर चिन्ह प्राप्त उद्योगहरुमध्ये खुल्ला प्रतिस्पर्धाबाट छनौट गरी प्रथम हुने कम्पनीलाई वितरण गर्ने गरिन्छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले उद्योगका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयललाई एनएस क्वालिटी अवार्ड प्रदान गरेका थिए ।

निरन्तर सर्वोत्कृष्ट बस्तु उत्पादन गर्ने, सम्पूर्ण उत्पादन प्रक्रिया र उत्पादित बस्तुको स्वतन्त्र परीक्षण गरी उच्च गुणस्तरको उत्पादन गरेकाले शिवम सिमेन्टलाई सो अवार्ड हस्तान्तरण गरिएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।

शिवम सिमेन्टले क्वालिटीको मामलामा नो कम्प्रोमाईज मुख्य नारासहित राष्ट्रको विकास, निर्माणको महत्वपूर्ण योगदान दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ अंकले घट्यो शेयर बजार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से उच्च अंकले घटेको छ

तीन महिनापछि भोजपुरमा उडान सुरु

भोजपुर ।  बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका–१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु

कृषिमन्त्री भन्छन्-अब कृषि अनुदानको दुरुपयोग हुँदैन

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा अनियमितता हुने

हेटौंडा सिमेन्ट उद्योगको मेसिन मर्मत पुरा, चैत तेस्रो सातादेखि पुनःउत्पादन थाल्दै

बागमती ।  लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले यही चैतको तेस्रो सातादेखि