क्यान अध्यक्षका लागि कुँवरको उम्मेदवारी घोषणा



काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान फेडेरेशन) को अध्यक्ष पदमा नवराज कुँवरले उम्मेदवारी घोषणा गरेका छन् ।

आगामी मंसीर ७ गते काठमाडांैमा हुने क्यान फेडेरेशनको १३ औं कार्य समिति चयनका लागि हुने निर्वाचनमा कुँवरले आफ्नो टिमसहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

हालका वरिष्ठ उपाध्यक्ष रहेका कुँवरले सबै साथीहरुको सुझावको आधारमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएको बताए । क्यान फेडेरेशनमा ४३ सदस्यीय केन्द्रीय कार्य समिति छ ।

सोही कार्य समिति चयनका लागि आगामी मंसीर ७ गते निर्वाचन हुँदैछ । कुँवरले सूचना र प्रविधिको विकासका लागि सबैसँग हातेमालो गरेर अघि बढ्ने संकल्पसहित आफूले क्यान फेडेरेशनको आगामी नेतृत्वको लागि उम्मेदवारी दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन, दैनिक १८ घण्टासम्म विद्युत् उत्पादन

काठमाडौं । मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका छन्

यस्तो छ विदेशी मुद्राको विनिमयदर

  काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा गौतम

पर्सा । वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम निर्विरोध निर्वाचित भएका छन्।

चार निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।