मिस नेपाल निकिता चान्दकले ’साङ्लो’मार्फत् पहिलो पटक जोडीको रुपमा हेर्नुस् ट्रेलर



काठमाडौं । अभिनेता विराज फिल्म ’साङ्लो’मार्फत् पहिलो पटक निर्देशकको रुपमा नेपाली सिनेमामा देखापरेका छन् । यसपालि निर्देशकको रुपमा नयाँ अनुभवसमेत संगालेका विराजले नयाँ सिनेमा दिने प्रयास गरेको बताएका हुन् ।’साङ्लो’ मा प्रमुख पात्रको भूमिका पनि स्वयम्ले निर्वाह गरेका छन् । अभिनेता र निर्देशकको दुवै जिम्मेवारीले प्रेसर फिल गरेपनि फिल्म हेर्दा भने राम्रो भएको उनले बताए ।

यही फिल्मबाट पहिलोपल्ट अभिनयमा सन् २०१७ की मिस नेपाल निकिता चान्दकले पाइला चाल्दैछिन् । निकिता विराजको जोडीको रुपमा लिड क्यारेक्टरमा रहेकी छन्। आफूले डेब्यू गरेको पहिलो फिल्मको अनुभव नै सबैभन्दा राम्रो भएको बताएकी छन् । ’यो भन्दा राम्रो डेब्यू मेरो हुन सक्दैन थियो । विराज दाइबाट धेरै कुराहरु सिक्न पाए निकिताले भनिन् । फिल्ममा कलाकार कामेश्वर चौरासिया, जयनन्द लामा, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी र भीष्म जोशी लगायतका कलाकारको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘सुनिदेऊ शिव’ भन्दै आइन् कोमल वली

काठमाडौं । गायिका कोमल वलीले नयाँ तीज गीत ल्याएकी छिन् । वलीले ‘सुनिदेऊ

जमुना सनम र शान्तिश्रीको ‘पैसा कमा केटी’

काठमाडौं । गायिका जमुना सनमले नयाँ तीज गीत ‘पैसा कमा केटी’ ल्याएकी छन्

क्याप्टेन थापाको जीवनीमा चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुँदै

काठमाडौं । क्याप्टेन रामेश्वर थापाद्वारा लिखित अङ्ग्रेजी पुस्तक ‘इन्टु द फायर’ मा आधारित

दुर्गेश थापा र सिसन बानियाँको ‘जाने भए जाम माया’

काठमाडौं । दुर्गेश थापाले सिसन बानियाँसँग सहकार्य गरेको नयाँ गीत ल्याएका छन् ।