चर्चित गायक रामकृष्ण ढकालको प्रेम विवाह, सम्बन्ध विच्छेदमा परिणत



काठमाडौं । गायक रामकृष्ण ढकालको श्रीमती निलम शाहसँग सम्बन्धबिच्छेद भएको छ । चर्चित गायक रामकृष्ण र निलमले बुधबार जिल्ला अदालत काठमाडौंमा गएर सम्बन्ध विच्छेद गरेका हुन् ।

अदालतमा मंगलबार निलमले सम्बन्ध विच्छेद गरी पाऊँ भनी निवदेन दिएकी थिइन् । निलमले मंगलबार निवदेन दिएपछि बुधबार रामकृष्णले पनि आफू सम्बन्ध विच्छेद गर्न सहमत भएको अदालतलाई बताएका थिए ।

जिल्ला अदालतका न्यायाधीश विदुर कोइरालाको इजलासले उनीहरूबीच सम्बन्धबिच्छेद भएको निर्णय सुनाएको हो । निर्णय अनुसार निलमले रामकृष्णबाट कुनै सम्पत्ति लिने छैनन् भने छोरी रानी निलमसँगै रहनेछिन् । रामकृष्ण र निलमको १७ वर्षअघि प्रेम विवाह भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘जनै हराएको मान्छे’को टिजरमा विजय बरालको कोरिया सपना

काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे’को टिजर सार्वजनिक भएको छ । टिजरमा चलचित्रका

निर्देशक लक्ष्मीनाथ शर्मालाई ‘चलचित्र दीर्घसम्मान’ प्रदान

काठमाडौँ । चलचित्र विकास बोर्डले राष्ट्रपति कार्यालयमा सोमबार विशेष समारोहको आयोजना गर्दै वरिष्ठ

चलचित्र पर्यटनको गन्तव्य विकास गर्नेतर्फ ध्यान केन्द्रित गरौँ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्नेतर्फ

मिरुना मगर भन्छिन्-नेपालमै फर्किएर काम गर्ने रहर थियो

काठमाडौं । अभिनेत्री मिरुना मगरले आफू बेलायतमा हुर्किए पनि नेपालमै फर्किएर काम गर्ने