कर छलिको अभियोगमा व्यवसायीमाथि तीन करोड ११ लाख असुलउपर गर्न माग गर्दै मुद्दा दर्ता



लुम्बिनी । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन र राजस्व चुहावटसम्बन्धी कसुरमा रुपन्देही र कपिलवस्तुका व्यवसायीमाथि मुद्दा दायर गरेको छ ।

विभागले कपिलवस्तुमा विदेशी मुद्रा अपचलन गरेको आरोपमा चार जनालाई र रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–७ मा भाञ्जा स्टोर्स एण्ड हाउसका सञ्चालक बरकत अलि मियाँविरुद्ध राजस्व चुहावटसम्बन्धी कसुरमा आज मुद्दा दायर गरिएको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले जानकारी दिए ।

राजस्व अनुसन्धान कार्यालय, बुटवलको अनुसन्धानका आधारमा कपिलवस्तुस्थित शुद्धोधन गाउँपालिका–६, बिमिहाका राजेशकुमार वर्मा, राकेशकुमार वर्मा, जङ्गबहादुर वर्मा (सोनार) र कपिलवस्तुको मायादेवी गाउँपालिकाका–१, इमिलियाका हमीद मुसलमानबाट बरामद भएको भारतीय मुद्रा २१ लाख, ३८ हजार बरामदित भारतीय मुद्रा अवैध रुपमा भारतबाट नेपालसम्म ओसारपसार गर्दै गरेको अवस्थामा बरामद गरिएको थियो ।

उनीहरुलाई विदेशी भारतीय मुद्रा अपचलनसम्बन्धी कसुरमा अनुसन्धान सम्पन्न गरी कपिलवस्तु जिल्ला अदालत, तौलिहवा, कपिलवस्तुमा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ (संशोधनसहित) दफा १८ क(१) बमोजिम मुद्दा दायर गरिएको प्रमुख अनुसन्धान अधिकृत घिमिरेले जानकारी दिए ।

उक्त कार्य विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ (संशोधनसहित) को दफा ३, ४ र ५ तथा सोही ऐनको दफा १२ को अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, विदेशी विनिमय व्यवस्थापन विभागले मिति २०७८/०९/२३ मा जारी गरेको एकीकृत परिपत्र–२०७८ को दफा (७) मा भएको व्यवस्थाले विदेशी विनिमय अपचलन गर्ने गरेको अनुसन्धानबाट देखिएकाले मुद्दा दायर गरिएको प्रमुख अनुसन्धान अधिकृत घिमिरेले जानकारी दिए ।

प्रतिवादीहरुका साथबाट बरामद भारतीय मुद्राको नेपाली ३४ लाख २४ हजार सात बिगो कायम गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ (संशोधन सहित) को दफा १७(१) बमोजिम हदैसम्मको जरिवाना गरी पाउन र बरामद भएको प्रतिबन्धित भारतीय रुपैयाँ जफत गरी पाउन माग गरिएको छ ।

साथै उक्त रकम ओसारपसार गर्न प्रयोग गरिएको युपि ५५ एएम ०४५९ नम्बरको भारतीय गाडीसमेत नियन्त्रणमा लिइएकाले जफत गरी हदैसम्मको कारबाहीको माग गरिएको प्रमुख अनुसन्धान अधिकृत घिमिरेले जानकारी दिए ।

यस्तै बुटवल उपमहानगरपालिका–७ स्थित भाञ्जा स्टोसएण्ड हाउसका सञ्चालक मियाविरुद्ध आज नै राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा २०(६) बमोजिम उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरिएको प्रमुख अनुसन्धान अधिकृत घिमिरेले जानकारी दिए ।

उनले मूल्य अभिवृद्धि कर असुल नगरेको, बिक्रीबिजक जारी नगरी बिक्री गरेका साथै कस्मेटिक्सजन्य मालवस्तुहरुको खरिद बिलबिजक तथा भन्सार पैठारीको स्रोतबिना चोरीपैठारी गरी ल्याइएका मालवस्तु बिक्रीवितरण गरेका साथै गैरविजक जारी गरी मालवस्तु बिक्री गरेको राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा ३ ले निषेध गरेको कार्य गरी दफा ४ को खण्ड (ख), (छ) र (झ) बमोजिम कसुर गरेको पुष्टि भएकाले मुद्दा दायर गरिएको उनले जानकारी दिए ।

उनले भन्सार चोरीपैठारी, मूल्य अभिवृद्धि कर छलि र आयकरतर्फ गरी एक करोड ५५ लाख ६६ हजार बिगो असुल उपरगरी बिगोको शतप्रतिशत जरिवानासमेत गरी तीन करोड ११ लाख ३२ हजार असुलउपर र हदैसम्मको कैद सजायको मागदाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेटबारे चेम्बरले दियो सरकारलाई १०१ सुझाव

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेटबारे सरकारलाई एक सय

शेरा दरबारमा मेरो संलग्नता छ भने फाइल खोल भनेको थिएँ, तर हिम्मत गरेनन्ः प्रचण्ड

सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार विरुद्धको लडाइँ

जलविद्युत्, स्वास्थ्य सेवा र सडक पूर्वाधारमा अन्तरदेशीय सहकार्य आवश्यकः मुहम्मद युनुस

ढाका (बङ्गलादेश) । बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले जलविद्युत्का क्षेत्रमा सहकार्य आवश्यक

मौसम खराबीका कारण अबको तीन-चार दिन सगरमाथा आरोहण नहुने

काठमाडौँ । वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ । तथापि प्रतिकूल