यातायात व्यवस्था कार्यालयका तत्कालीन उपसचिवसहित ३८ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर



यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, बाग्मती एकान्तकुना ललितपुर (हाल यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र प्रदेश नं.३ ललितपुर) का तत्कालीन कार्यालय प्रमुख उपसचिव आनन्द केशरी पोखरेलसहित ३८ जना बिरुद्ध आरोपपत्र दायर ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।०८ गते ।
——————————————-
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, बाग्मती एकान्तकुना ललितपुर (हाल यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र प्रदेश नं.३ ललितपुर) बाट २०६९ वैशाख, जेष्ठ र आषाढ महिनाभित्र प्रयोगात्मक परीक्षामा फेल भएका १२८४ जनाको नतिजा गैरकानुनी लाभ पुर्‍याउने बदनियतले फेलबाट पास बनाई परीक्षाको परिणाम फेरबदल गरी सवारी चालक अनुमतिपत्र जारी गरेको र उक्त जारी गरेका सवारी चालक अनुमतिपत्रहरु मध्ये नयाँ सवारी चालक अनुमतिपत्र (New License) हरुको कार्यालयमा रहेको अभिलेख लगायतका सरकारी कागजात नोक्सान गरेको र उक्त जारी गरिएका सवारी चालक अनुमतिपत्रहरुको लिनुपर्ने राजश्च रकमसमेत नलिई राजस्व चुहावट गरी सरकारी सम्पत्ति हिनामिना हानिनोक्सानी गरेको पुष्टि हुन आएको हुँदा कसुरमा संलग्न देहायका ३८ (अठ्तीस) जना कर्मचारीहरुलाई तपसिल बमोजिम जरिवाना र कैद सजायको मागदाबी लिई विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरिएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला

यी हुन् मुद्दा दायर हुनेहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खड्का गाउँमा भएको हत्याको घटनामा संलग्न रहेको अभियोगमा १६ जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको खड्का गाउँमा सोमबार साँझ एक जनाको हत्या भएको घटनामा

गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा दोषी ठहर प्राधिकरणका सहायक प्रवन्धक पक्राउ

काठमाडौं । भ्रष्टाचार मुद्दामा अदालतबाट दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन्

एक महिनामा अपराधका चार हजार मुद्दा दर्ता

काठमाडौं ।  फागुनमा देशभर चार हजार चार सय ६८ आपराधिक घटनाका मुद्दा दर्ता

सिरहामा विभेदको घटनाः गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थप

सिरहा । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनामा पक्राउ