काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ३३ रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मूल्य बढेसँगै सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १ सय रुपैयाँ निर्धारण भएको छ ।
बिहीबार सुन प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला १२० रुपैयाँ बढेको छ । चाँदीको मूल्य आज प्रतितोला ३ हजार १९५ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया