भियतनाम । भियतनामको राजधानी हनोईमा ग्यास विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
मंगलबार बिहान भएको विस्फोटका कारण एक भोजनालय भत्किएको स्थानीय सञ्चारमाध्यम भिएनएक्सप्रेसले जनाएको छ। घाइते १० जनालाई उपचारका लागि तीनवटा स्थानीय अस्पतालमा भर्ना गरिएको छ।
मृत्यु हुनेमा उक्त भोजनालयकी महिला सञ्चालकसहित बाटोमा हिँडिरहेका सर्वसाधारण र नजिकैका घरमा बसोबास गर्ने स्थानीय नागरिक रहेका छन्। विस्फोटको कारण ग्यास चुहावट भएको आशंका गरिएको छ।

प्रतिक्रिया