विश्वभरका तेह्र हजार परीक्षार्थीलाई पछि पार्दै मानन्धर बनिन् सर्वाेत्कृष्ट



काठमाण्डौ, संयुक्त अधिराज्य, बेलायत(UK)को चार्टड सर्टिफाईड एकाउन्टेन्स(ACCA) ले डिसेम्वर २०२१ मा सञ्चालन गरेको परीक्षामा नेपालकी बीस बर्षिया छात्रा सुश्री रिया मानन्धरले Taxation विषयमा सर्वोत्कृष्ट अंकप्राप्त गरी विश्वभरमा प्रथम भएकी छन् ।उक्त परीक्षामा विश्वभरबाट तेह्र हजार परीक्षार्थी संलग्न भएका थिए भने छ हजार चार सय विद्यार्थीहरु सो परीक्षामा उत्तीर्ण भएका छन् ।
ए.सी.सी.ए. सन् १९०४ मा स्थापित भई संसारभर फैलिएको  प्राेफेशनल एकाउन्टेन्सी बडि हो । हाल यसको दुई लाख तेत्तीस हजार सदस्य र पाँचलाख छत्तीस हजार विद्यार्थी संख्या रहेका छन् भने नेपालमा यो कोर्श अध्ययन गर्ने करिव तीन हजार विद्यार्थी रहेका छन् । यसको १७८ देशमा भौतिक उपस्थिति रहेको छ ।
ए.सी.सी.ए. नेपाल प्रमुख रविन कट्वालले नेपाल जस्तो सानो देशबाट सर्वोत्कृष्ट परिणाम प्राप्त गर्नु ठूलो उपलब्धि भएको बताउँदै यो उपलब्धि अन्य ए.सी.सी.ए.का विद्यार्थी र आकांक्षीहरुको लागी एउटा प्रेरणा हुने उल्लेख गरे र सर्वोत्कृष्ट विद्यार्थी रिया मानन्धरलाई उत्तरोत्तर सफलताको कामना समेत गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता

छिट्टै शिक्षा विधेयक ल्याउने तयारी भइरहेको छः शिक्षामन्त्री भट्टराई

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको

नेपाल शिक्षक महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्न माग

एचपीभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिका : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले किशोरीलाई लगाउन थालिएको पाठेघरको मुखको