हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्रिन्सिपल पौडेल विश्वविद्यालय सभा सदस्य



काठमाण्डाै, पूर्वाञ्चल विश्वविद्यालय सभा सदस्यमा मनोनयन हुनुभएका प्रिन्सिपल तोया नारायण पौडेलको सम्मानमा हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजले एक बिशेष समारोह सम्पन्न गरेको छ । मंगलबार कलेजमा कार्यरत प्राध्यापक एबम् कर्मचारीहरुको सहभागितामा आयोजित उक्त समारोहमा प्रिन्सिपल तोया नारायण पौडेललाई सम्मान गर्दै बधाई तथा शुभकामना प्रदान गरेको हो ।

सम्माननीय प्रधानमन्त्री तथा कुलपतिज्यूबाट पूर्वाञ्चल विशवविद्यालय ऐन २०५० को दफा ७ ले व्यवस्था गरेको विश्वविद्यालय सभाको सदस्य पदमा सोही दफाको उपदफा ३ बमोजिमको मनोनयन कार्य कारी परिषद्को सिफारिशमा सोही ऐनको दफा ७ उपदफा २ को (ठ) बमोजिम वहाँलाई पूर्वाञ्चल विश्वविद्यालय सभाको सदस्यमा सोही दफाको उपदफा ४ मा उल्लिखित तीनवर्षे पदावधि कायम हुनेगरी मनोनयन गरिएको जनाइएको छ ।

उक्त समारोहमा बोल्दै कलेजका प्रबन्ध निर्देशक शिव पौडेलले वहाँको मनोनयन सिङ्गो कलेजका लागि गौरवको बिषय रहेको बताउँदै सही ब्यक्ति सही ठाउँमा नियुक्त हुनुभएकोले विश्वविद्यालयले आशातीत योगदान पाउनेमा आफू विश्वस्त रहेको बताए ।

त्यसैगरी प्रिन्सिपल तोया नारायण पौडेलले विश्वविद्यालयको चौतर्फी उन्नयनको लागि आफ्नो ज्ञान, सीप, अनुभव र विवेकको पूर्ण प्रयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । कलेजका प्रमुख प्रशासकीय अधिकृत नारायण आचार्यले वहाँलाई हार्दिक बधाई एबम् शुभकामना दिदै पौडेलको मनोनयनले सिङ्गो कलेज परिवार गौरवान्वित भएको बताए ।

हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा विगत २१ वर्षदेखि सञ्चालित कलेज हो । यसमा म्यानेजमेन्टमा एमबिए, इएमबिए, बिबिए, बिएचएम, इञ्जिनिएरिङ्ममा बिइ सिभिल, कम्प्युटर, इलेक्ट्राेनिक्स एण्ड कम्युनिकेशन, साइन्स एण्ड टेक्नोलोजीमा बिआइटी, बिटेक इन बायाे टेक र मानविकि तर्फ लिबरल आर्ट एण्ड साइन्स लगाएतका कार्यक्रमहरु सञ्चालनमा छन् ।

अत्याधुनिक सुविधा सम्पन्न काठमाडौँको मुटुमा सञ्चालित यो कलेजलाई पूर्वाञ्चल विश्वविद्यालय कै गौरव र विद्यार्थीहरुको पहिलो रोजाईको कलेज मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको आग्रह

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा

यसअघिको सहमति कार्यान्वयनको माग गर्दै शिक्षकहरु फेरि आन्दोलित

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु फेरि आन्दोलनमा

मध्यपश्चिम विश्वविद्यालयका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित

सुर्खेत । प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट उक्त विश्वविद्यालयको तेस्रो

पाल्पाको रामपुरमा शैक्षिक सभाहल निर्माण गरिँदै

रामपुर (पाल्पा) । सहिद बहुमुखी क्याम्पस रामपुर पाल्पामा शैक्षिक सभाहल निर्माण कार्य भइरहेको