पार्टीको सैद्धान्तिक लडाईँ सकियो, अब युवा परिचालनको रणनीति बनाउनुपर्छः महामन्त्री कोइराला



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको सैद्धान्तिक लडाईँ सकिएकाले मुलुकमा ठूलो शक्तिका रूपमा रहेका युवालाई कसरी परिचालन गर्ने भन्ने रणनीति अवश्यक रहेको बताएका छन् ।

कांग्रेस १४औँ महाधिवेशनको उद्घाट्न समारोहलाई सम्बोधन गर्दै कोइरालाले धर्म निरपेक्षता र सापेक्ष नभई स्वतन्त्र हुने बताउँदै आगामी दिनमा कृषिमा बजेट विनियोजन बढाउँदै मुलुक समृद्धितर्फ अघि बढ्नुपर्नेमा जोड दिए ।

अर्का महामन्त्री पूर्णबहादुर खड्काले कांग्रेसको नेतृत्वमा जारी भएको संविधानअनुसार पार्टीको विधान बनाई सङ्घीय संरचना अनुसारका पार्टीको तहको निर्वाचन सम्पन्न भइ महाधिवेशनसम्म आइपुगेको बताए । विगतको सरकारले गरेका लोकतान्त्रिक र संविधान विपरितका क्रियाकलापलाई सुधार गरी संविधानको रक्षा गर्नुपर्ने जिम्मेवारी कांग्रेसको काँधमा आइपुगेको उनको भनाइ थियो ।

उनले आगामी छ महिनापछि हुने तीन तहका निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी बनाउन सबै लाग्नुपर्ने बताए । कोषाध्यक्ष सितादेवी यादवले विपीजस्ता महामानव र गणेशमान सिंहजस्ता त्यागीको इतिहास रहेको नेपाली कांग्रेसको १४औँ महाधिवेशनलाई एकताको महाधिवशेन बनाउन आह्वान गरिन् । उनले भनिन्, “एकता र उत्साहपूर्वक सम्पन्न गर्ने पार्टी कार्यकताको भावना अनुरूप यस पटक कुनै पदमा उम्मेदवारी नदिने तर पार्टी र जनताका सेवामा म निरन्तर लागि रहने छु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब गुड्ने होइन, उड्नेतिर

डा. गोविन्दशरण उपाध्याय । पृथ्वीलाई मान्छेले बनाएका होइनन् । पृथ्वीले मान्छे बनाएको हो

२४ वर्षीय युवाको लोभलाग्दो व्यावसायिक फूलखेती

भेरीगङ्गा । सुर्खेत भेरीगङ्गाका- ११ समीर खत्री हिजोआज फूल बेच्न व्यस्त छन् ।

देशका लागि लड्ने युवा नभए राष्ट्रिय स्वतन्त्रता कमजोर हुन्छ : पूर्वप्रधानमन्त्री भट्टराई

कास्की ।  नेपाल समाजवादी पार्टी (नेसपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले

संसदीय छानबिन समितिमा रवि लामिछानेको बयान(पूर्णपाठ)

काठमाडौं । सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ ।