दोस्रो पुस्ताका नेताहरूले अब निकासका लागि पहलकदमी लिनुपर्छः नेता रिजाल



काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्य विष्णु रिजालले अदालतले राजनीतिक समस्या समाधान गरिदिन्छ भनेर अपेक्षा गर्नु नै गलत भएको बताएका छन् । बिहीबार सामाजिक संजाल फेसबुकमार्फत अदालतले संविधानलाई लिकमा फर्काएको र त्यसमा कसरी हिँड्ने भन्ने कुरा राजनीतिक दलहरुमा निर्भर हुने बताएका हुन् ।

उनले लेखेका छन्, ‘अदालतले राजनीतिक समस्या समाधान गरिदिन्छ भनेर अपेक्षा गर्नु नै गलत हुन्छ । उसले त संविधानलाई लिकमा फर्काइदिएको मात्र हो र त्यसमा कसरी हिंड्ने भन्ने हामीमा निर्भर हुन्छ । त्यसैले ‘अदालतले फैसला गरे पनि समस्या उस्तै छ’ भनेर असंवैधानिक सावित भइसकेको कदमको वचाव गर्नुको साटो पहिलो पुस्ताका नेताहरूमा चरम अविश्वास र व्यक्तित्वको टकराव भएको वेला दोस्रो पुस्ताका नेताहरूले निकासका लागि पहलकदमी लिन सक्दा उहाँहरूको औचित्य र नेतृत्व क्षमता देखिन्छ । अन्यथा जे हुन्छ, त्यो भोग्न त हामी सबै अभिषप्त नै छौं । भनिन्छ नि– मजबुरीका नाम….।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रवीन्द्र मिश्र र विवेकशील साझा पार्टी बारे !

केशवप्रसाद भट्टराई । नेपालका अधिकांश समस्या र चुनौतीसँग सामना गर्ने दृष्टिकोणको सवालमा रवीन्द्र

ओलीको कदमको प्रतिवाद गरौंः डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली देशलाई २०४७ सालतिरै

लुटेरा तरिकाले सरकारमा पुग्नुपर्ने कुरा रोकिएपछि प्रतिगमन भयो भनेर हल्ला चलाइयोः प्रधानमन्त्री

काठमाडौं । मुलुकमा लोकतान्त्रिक आन्दोलनमा सरिक भएर ज्यानको आहुति दिने व्यक्तिको सम्मानमा ‘लोकतान्त्रिक

सुरक्षितरुपमा नयाँ वर्ष मनाउन सभापति देउवाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा फेरि पनि कोभिड–१९ को प्रभाव