संसद विघटनको विरोधमा युवाहरुद्वारा सडकमा नमूना संसद बैठक आयोजना
काठमाडौं । संसद विघटनको विरोधमा नमूना संसदमा राष्ट्रिय सभाको बैठक गरी युवाहरुले विरोध जनाएका छन् । बुधबार काठमाडौँमा नेपाल टिन लिडर्सको आयोजनामा संसद विघटनको विरोधमा नमूना संसद बनाई राष्ट्रिय सभाको नमूना बैठक गरिएको हो ।
नेपाल टिन लिडर्सले सरकारले संसद विघटन गरी संविधान उल्लंघन गरेकाले खबरदारी गर्न नमूना संसद बैठक राखेको जनाएको छ । उनीहरुले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई सर्वोच्च अदालतले बदर गर्नुपर्ने बताएका थिए ।